इभा मेरी
From Wikipedia, the free encyclopedia
नेटाली मेरी कोइल (जन्म:१९ सेप्टेम्बर १९८४) व्यावसायिक रूपमा नेटाली इभा मेरीको नामले परिचित, एक व्यावसायिक अमेरिकी महिला कुस्ती खेलाडी, अभिनेत्री तथा मोडल हुन्।[6][7][8]
इभा मेरी | |
---|---|
जन्म | नेटाली मेरी नेलसन (1984-09-19) सेप्टेम्बर १९, १९८४ (उमेर ३९) क्यालिफोर्निया, अमेरिका |
अन्य नाम | नेटाली इभा मेरी |
पेशा | व्यावसायिक कुस्ती खेलाडी, अभिनेत्री, मोडल |
जीवनसाथी | जेनथन कायल ( वि २०१४) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | इभा मेरी |
उचाई | ५ फिट ८ इन्च (१.७३ मी)[1][2] |
उत्पत्ति | कोनरड, क्यालिफोर्निया[1][2] |
प्रशिक्षक | डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र नेटालिया[3] ब्रायन केन्ड्रिक[4] |
पदार्पण | १ जुलाई २०१३[5] |
वेबसाइट | natalieevamarie |
सन् २०१३ मा उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा उक्त पदोन्नति अन्तर्गत अमेरिका स्थित फ्लोरिडामा आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[9] सन् २०१३ मा उनले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने उनले तत्कालका समयमा द बेलन टुइन्सी प्रबन्धकको रूपमा नियुक्त भएकी थिइन् भने उनी पछि डब्ल्युडब्ल्युई द्वारा निर्माण गरिएको वास्तविक टेलिश्रृङ्खला टोटल डिभासीको एक पत्रको रूपमा स्थापित भएकी थिइन्।[10] सन् २०१५ को मध्य तिर उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पनि केही कुस्ती खेलहरू खेलेकी थिइन्।[11] सन् २०१६ को अप्रिल महिनामा उनी पुनः डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा आवद्भ भएकी थिइन् भने उनी सन् २०१६ को सुपरस्टार सेक अफ अन्तर्गत डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा सरुवा भएकी थिइन्।[12] मेरीले सन् २०१७ अगष्टमा डब्ल्युडब्ल्युईबाट अवकाश लिएकी थिइन्।[13]