काजी नजरुल इसलाम
From Wikipedia, the free encyclopedia
काजी नजरुल इसलाम (बङ्गाली: কাজী নজরুল ইসলাম, (२५ मे १८९९ – २९ अगस्ट १९७६; ११ जेष्ठ १३०६ – १२ भाद्र १३८३ बङ्गाब्दो) भारतको पश्चिम बङ्गालमा जन्मिएका एक बङ्गाली कवि र थिए जो बङ्गलादेशका राष्ट्रकवि हुन्।[1][2] उनी बीसौँ शताब्दीका अग्रणी बङ्गाली कवि, उपन्यासकार, नाटककार, सङ्गीतकार र दार्शनिकहरू मध्ये एक थिए जो बङ्गाली कवितामा अग्रगामी भूमिकाका साथै आफ्नो प्रगतिशील प्रेरणाका लागि परिचित बनेका थिए।[3] उनी बङ्गाली साहित्य, समाज र संस्कृतिको क्षेत्रमा एक उत्कृष्ट व्यक्तित्वको रूपमा परिचित छन् र उनी बङ्गाली प्रतिभाको एक उत्कृष्ट नमुना हुन्। उनका कविता र गीतहरू पश्चिम बङ्गाल र बङ्गलादेशमा समान रूपले प्रशंसा गरिन्छ। उनको कविताहरूमा विद्रोही दृष्टिकोणको कारण उनलाई विद्रोही कवि भनिएको छ।[4][5] उनका कविताहरूको मूल विषय मानव उत्पीडन र सामाजिक अन्याय र शोषणको विरुद्धको विरोध थियो।
काजी नजरुल इसलाम | |
---|---|
जन्म | काजी नजरुल इसलाम (१८९९-०५-२५)मे २५, १८९९ चुरुलिया, बङ्गाल राज्य, बेलायती भारत (हाल पश्चिम बर्धमान जिल्ला, पश्चिम बङ्गाल, भारत) |
मृत्यु | २७ अगस्ट १९७६(1976-08-27) (उमेर ७७) ढाका, बङ्गलादेश |
निवास | ढाका विश्वविद्यालय केन्द्रीय जामे।मस्जिद |
राष्ट्रियता | बेलायती भारत (सन् १८९९-१९४७) भारतीय (सन् १९४७-१९७६) बङ्गलादेशी (सन् १९७६) |
अन्य नाम | दुखु मियाँ |
जातीयता | बङ्गाली |
नागरिकता |
|
पेशा |
|
उल्लेखनीय कार्य |
|
प्रभाव | इसलाम; हाफिज; रुमी; रवीन्द्रनाथ ठाकुर |
प्रभाव | बङ्गलादेशी संस्कृति; भारतीय स्वतन्त्रता आन्दोलन; भारतीय संस्कृति; ; विश्वव्यापी नागरिकत्व |
राजनीतिक कृयाकलाप | बङ्गालको नवजागरण |
धर्म | इस्लाम |
जीवनसाथी |
|
पुरस्कार | स्वाधीनता पुरस्कार (सन् १९७७) एकुशे पदक (सन् १९७६) पद्मभूषण |
सैन्य कार्यजीवन | |
निष्ठा | ब्रिटिस साम्राज्य |
सेवा/ | ब्रिटिस भारतीय सेना |
सक्रिय सेवा अवधि | सन् १९१७–१९२० |
सैन्य क्रम | हवल्दार |
एकाइ | ४९औँ बङ्गाली सैन्यसमूह |
युद्ध | प्रथम विश्वयुद्ध |
हस्ताक्षर | |
वेबसाइट | nazrul-rachanabali |
बीसौँ शताब्दीमा काजी नजरुल इसलामको मर्यादा र महत्त्वलाई अपार ठानिएको छ।[6] कवि, लेखक, सङ्गीतकार, पत्रकार, सम्पादक, राजनीतिज्ञ र सैनिक भएर नजरुलले सधैँ अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउँथे भने यस्तो खालको मनोवृत्ति उसको कविता र गीतहरूमा झल्किने गरेका छन्।[7] इसलाम एक विद्रोही कवि थिए। इसलामको जन्मदिन प्रत्येक वर्ष बङ्गलादेशमा विशेष सम्मानका साथ मनाइन्छ भने उनको मृत्युको दिन उनको सम्झना गरिन्छ। [8]
नजरुलको जन्म एक गरीब मुसलमान परिवारमा भएको थियो। उनको प्राथमिक शिक्षा पूर्णरूपले धार्मिक थियो। उनले स्थानीय मस्जिदमा एक सम्मानित मुयाजजिनको रूपमा पनि काम गरेका थिए।[9] सानो उमेरमानै नजरुलले नाटक दलहरूको साथ काम गर्न सुरु गर्दै कविता, नाटक तथा साहित्यको गहन ज्ञान हासिल गरेका थिए। केही समय भारतीय सेनामा सेवा गरिसकेपछि उनले पत्रकारितालाई आफ्नो पेशाको रूपमा रोजेका थिए भने त्यसबेला उनी कलकत्तामा बस्ने गरेका थिए।[10] यस समयमा उनले बेलायती राज विरुद्ध प्रत्यक्ष सङ्घर्षमा सामेल भएका थिए भने उनले त्यबेला विद्रोही (बङ्गाली: বিদ্রোহী) र भाङेर गान (बङ्गाली: ভাঙের গান) जस्ता विद्रोही भावका गीतहरूको रचना गरेका थिए। बेलायती शासनको विरोध गरेपछि उनलाई कारागारमा कैद गरी राखिएको थियो भने उनले यस समय राजबोन्दीर जवानबोन्दी जस्ता केही विद्रोही कविताको रचना गरेका थिए जसले त्यसबेलाको साम्राज्यवादको विपक्षलाई प्रष्ट पारेको थियो। उनको धर्मनिष्ठ मुस्लिम समुदाय र उपेक्षित भारतीय जनतासँग विशेष सम्बन्ध थियो। उनको साहित्यिक कार्यहरूले प्रेम, मुक्ति र विद्रोहको प्रभुत्व जमाउन सफल भएको छ।[11][12][13] उनले धार्मिक लिङ्गभेदको विरुद्धमा पनि कृतिहरू प्रकाशन गरेका थिए। छोटो कथाहरू, उपन्यास र नाटक र कविताहरूका लागि नजरुल निकै परिचित छन्। उनले बङ्गाली कविताको एक नयाँ धारालाई जन्म दिएका थिए जुन इस्लामिक सङ्गीत वा गजल हो थियो। यसका साथसाथै उनले थुप्रै उत्कृष्ट श्यामा सङ्गीत र हिन्दु भक्ति गीतहरूको पनि रचना गरेका थिए। उनी आफ्नो कृति तथा कार्यहरूमा अत्याधिक मात्रामा अरबी र फारसी शब्दको प्रयोगका कारण पनि परिचित बनेका थिए।[14][15][16] उनका केही कविताहरू हिन्दी भाषामा पनि अनुवाद गरिएको छ। नजरुल इसलाम धूमकेतु नामक एक पत्रिकाका प्रमुख सम्पादक थिए भने उनका कृतिहरूको सोही पत्रिकाका मार्फत प्रकाशन हुने गरेका थिए। [17]
नजरुलले करीव ४,००० गीतहरूको रचना गरेका छन् जस मध्ये धेरै जसो हाल नजरुल सङ्गीत वा "नजरुल गीती" नामले विशेष रूपमा लोकप्रिय छन्।[18]सन् १९४३ मा नजरुल ४३ वर्षको छँदा मस्तिष्क सम्बन्धित एक घातक रोगको सिकार हुन पुगेका थिए जसकारण उनले आफ्नो स्वर र मानसिक सन्तुलन गुमाएका थिए भने उनले बीचमै साहित्यबाट बञ्चित हुन पुगेका थिए।[19] उनी बङ्गलादेश सरकारको आमन्त्रणमा सन् १९७२ मा आफ्नो परिवारको साथ ढाका आएका थिए भने यससमय उनलाई बङ्गलादेशको राष्ट्रियता प्रदान गरिएको थियो। त्यसको ४ वर्ष पश्चात् नजरुलको मृत्यु सन् १९७६ अगस्ट २९ का दिन बङ्गलादेशको राजधानी ढाकामा भएको थियो।