गौरवमय क्रान्ति
From Wikipedia, the free encyclopedia
बेलायतमा सन् १६८८ मा भएको क्रान्तिमा कुनै किसिमको हिंसा, हत्या, रक्तपात केही नभएकाले उक्त क्रान्तिलाई गौरवमय क्रान्ती भनिन्छ ।
सन् १६८८ मा बेलायतमा एक ठूलो परिवर्तन भयो । त्यहाँ परम्परागत रूपमा चल्दै आएको निरङ्कुश शासनलाई समाप्त गरी जनताको भावना अनुकुल उदार शासननीति लागू गरियो । त्यहाँ स्टुआर्ट वंशका प्रथम राजा जेम्स प्रथमको शासन सुरु ( सन् १६०३ ) देखि राजा र संसद बीच सङ्घर्ष चलेको थियो । यसै क्रममा चार्ल्स प्रथमलाई १६४९ मा संसद्ले फाँसी दियो । सन् १६८८ मा बेलायतको गद्दी मा चार्ल्स द्वितीयका भाइ जेम्स द्वितीय थिए । जेम्स द्वितीय १६८५ मा गद्दीमा बसेका हुन् । आफ्ना पूर्वजहरू झैँ जेम्स द्वितीय पनि निरङ्कुश भएकाले उनको संसदसँग सङ्घर्ष चल्यो र अन्त्यमा जेम्स द्वितीय गद्दी छाडेर भागेकाले बेलायतमा विना रक्तपात हल्याण्डका राजकुमार विलियम र उनकी रानी मेरीलाई संयुक्त रूपमा गद्दीमा राखियो । यो राजनीतिक परिवर्तन विना रक्तपात भएकाले यसलाई गौरवमय वा रक्तहीन क्रान्ति भनिएको हो ।