जुलियन असान्ज
अष्ट्रेलियन सम्पादक, कार्यकर्ता, प्रकाशक र पत्रकार / From Wikipedia, the free encyclopedia
जुलियन असान्ज (जन्म १९७१ जुलाई ३) एउटा अस्ट्रेलियन प्रकाशक तथा पत्रकार हुन् । छोटो समयमै ठूलो चर्चा कमाउने व्यक्तिहरूमा जुलियन असान्ज पहिलो नम्बरमा पर्छन् ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जुलियन असान्ज | |
---|---|
जन्म | सन् १९७१ जुलाई ३ टाउन्सभिल्ले, क्विन्सल्यान्ड, अस्ट्रेलिया |
वासस्थान | संयुक्त अधिराज्य |
राष्ट्रियता | अस्ट्रेलियन |
मातृ शिक्षाप्रतिष्ठान | केन्द्रीय क्विन्सल्यान्ड विश्वविद्यालय मेलबोर्न विश्वविद्यालय |
पेशा | विकिलिक्सका प्रधान सम्पादक |
गृहनगर | मेलबोर्न, अस्ट्रेलिया |
यद्यपि उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ। अमेरिकाको संस्थापन पक्षको नीति नै असल हो भन्ने मान्नेहरूका लागि असान्ज खलनायक हुन्। कारण उनले विश्वभरि रहेका अमेरिकी दूतावासले गोप्य रूपमा पेन्टागनलाई पठाएका दस्तावेज सार्वजनिक गरिदिए। यद्यपि सूचना सार्वजनिक गर्दा उनले व्यक्तिलाई प्रत्यक्ष हानि हुने कुरालाई भने सम्पादन गरेका छन्। अमेरिकी संस्थापन पक्ष असान्जले असल पत्रकारिता नगरेको मान्छ। अर्कातर्फ अमेरिकी संस्थापन पक्षसँग प्रत्यक्ष सरोकार नराख्ने, लोकतान्त्रिक विधिमा वकालत गर्ने एवं विश्वमा अमेरिकी प्रभाव बढेको नरुचाउनेहरूका लागि भने असान्ज हिरो हुन्। उनीहरूको विचारमा विश्वमा कसैले झुकाउन नसकेको अमेरिकालाई झुकाउने काम अन्साज एक्लैले गरे। [1]