नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली (नेदरल्यान्डेली: Nederlands vrouwenvoetbalelftal) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नेदरल्यान्डको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो। यो शाही नेदरल्यान्ड फुटबल सङ्घ र युरोपेली फुटबल महासङ्घको नियन्त्रणमा रहेको छ। टोलीको प्रमुख प्रशिक्षक पूर्व राष्ट्रिय खेलाडी सरिना विगमान हुन्। सन् २०१७ को युरोपेली प्रतियोगिताको उपाधि हात पार्नु टोलीको सबैभन्दा उल्लेखनीय उपलब्धि हो भने यसका साथै टोली सन् २०१९ फिफा विश्वकपमा उपविजेता बनेको थियो। [3]
उपनाम(हरू) | Oranje (सुन्तला (रङ)) Leeuwinnen (सिंहिनी)[1] | ||
---|---|---|---|
सङ्गठन | शाही नेदरल्यान्ड फुटबल सङ्घ (Koninklijke Nederlandse Voetbalbond) | ||
सङ्घ | युरोपेली फुटबल महासङ्घ (युरोप) | ||
प्रमुख प्रशिक्षक | सरिना विग्मान | ||
कप्तान | सारी भान भिनेन्दाल | ||
सर्वाधिक उपस्थिति | सेरिदा स्पित्स (१८०) | ||
सर्वाधिक गोलकर्ता | भिभियान मिदेमा (७०) | ||
फिफा कोड | NED | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३ १ (१६ अप्रिल २०२१)[2] | ||
उच्च वरीयता | ३[2] (जुलाई २००९) | ||
निम्न वरीयता | २०[2] (जुन २००८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
फ्रान्स ४–० नेदरल्यान्ड (आज्ब्रुक, फ्रान्स; १७ अप्रिल १९७१) | |||
ठूलो विजय | |||
नेदरल्यान्ड १२–० इजरायल (जान्दम, नेदरल्यान्ड; २२ अगस्त १९७७) नेदरल्यान्ड १३–१ म्यासेडोनिया (ज्वला, नेदरल्यान्ड; २९ अक्टोबर २००९) | |||
ठूलो हार | |||
स्विडेन ७–० नेदरल्यान्ड (बुरोस, स्विडेन; २६ सेप्टेम्बर १९८१) | |||
विश्वकप | |||
उपस्थिति | २ (पहिलो खेल २०१५) | ||
उत्कृष्ट नतिजा | उपविजेता (सन् २०१९) | ||
युइएफए महिला युरो | |||
उपस्थिति | ३ (पहिलो खेल सन् २००९) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् २०१७) |
नेदरल्यान्डेली फुटबल सङ्घले सन् २००९ मा, युरोपेली प्रतियोगिता आयोजना गर्न आवेदन दिएको थियो जसमा यसको उद्देश नेदरल्यान्डमा महिला फुटबल अगाडि ल्याउने रहेको थियो। तथापि, मतको आधारमा फिनल्यान्डलाई आयोजक राष्ट्रिय चुनिएको थियो।खेलको हिसाबले, टोली महिला युरो कपको लागि लागि छनोट भएको थियो र यसरी यसले पहिलो पटक एउटा ठूलो प्रतियोगितामा भाग लिएको थियो।[4]क्वार्टर फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ५-४ ले पराजित गरेपछि सेमीफाइनल पुगेको टोली अङ्ग्रेजी टोलीसँग २-१ ले पराजित भएको थियो।[5]
सन् २०११ विश्वकपका लागि छनोट हुँदा टोलीले नर्वे, बेलारूस, स्लोभाकिया र म्यासेडोनियासँग प्रतिस्पर्धा गरेको थियो। छनोट खेलमा टोलीले म्यासेडोनियालाई १३-१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो जुन टोली सर्वाधिक गोल अन्तर मध्ये एक हो। सन् २०१३ युइएफए महिला युरोको आयोजनाको लागि निवेदन दिएको थियो जहाँ उक्त संस्करणलाई स्विडेनले आयोजना गरेको थियो। छनोट खेलमा, टोलीले इङ्ल्यान्ड, सर्बिया, स्लोभेनिया र क्रोएसियासँग प्रतिस्पर्धा गरेको थियो। छनोट खेलमा, इङ्ल्यान्डसँग पराजित भएको टोलीले उक्त समूहको उपविजेता बन्दै प्रतियोगितामा प्रवेश पाएको थियो।[6]
युरो २०१७ को उपाधि जितेको टोलीले खेलमा, डेनमार्क, इङ्ल्यान्ड, नर्वे र स्विडेनलाई पराजित गरेको थियो जहाँ टोली १० बाट ७औँ वरियतामा पुगेको थियो। सन् २०१९ फिफा महिला विश्वकप उपविजेता बनेसँगै टोली तेस्रो स्थानमा पुगेको थियो जहाँ टोली पहिलो पटक ओलम्पिकमा छनोट भएको थियो।[7] सन् २०२२ महिला युरो प्रतियोगिताको लागि टोली २३ अक्टोबर २०२० मा, छनोट भएको थियो।