नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)
From Wikipedia, the free encyclopedia
नेपाल कम्युनिस्ट पार्टी, अथवा सङ्क्षिप्त रूपमा नेकपा २०७५ जेठ ३ का दिन स्थापना भएको एक नेपाली साम्यवादी राजनीतिक दल थियो। यो दुई वामपन्थी दल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट स्थापना भएको थियो।[8] यस दललाई आठ महिनाको वार्तापछि पार्टी एकीकरण संयोजन समितिले एकीकरणको काम पुरा गरेको थियो। पछि दुई पूर्ववर्ती दलहरू विघटन हुँदै नयाँ एकताबद्ध पार्टीको लागि बाटो तयार गरेका थिए।[9] पार्टीले नेकपा एमालेको, सूर्य चुनाव चिह्नलाई कायम राखेको थियो।
कृपया नेपाल कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) सँग भ्रमित नहुनुहोस्।
यहाँले, सोही नामको अन्य दलको लागिको लागि, नेपाल कम्युनिस्ट पार्टी (स्पष्टता) हेर्नुहोस्।
छरितो तथ्यहरू नेपाल कम्युनिस्ट पार्टीनेपाल कम्युनिस्ट पार्टी, छोटो रूप ...
नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
छोटो रूप | नेकपा |
सभापति | खड्गप्रसाद ओली पुष्पकमल दाहाल[1] |
महासचिव | विष्णु पौडेल |
प्रवक्ता | नारायणकाजी श्रेष्ठ |
संसदीय दलको नेता | खड्गप्रसाद ओली[2] |
स्थापना | २०७५ जेठ ३ |
विघटन | २०७७ फागुन २४ |
समायोजन | नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) |
अग्रकालीन | नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) |
प्रमुख कार्यालय | आकृति मार्ग, धुमबाराही (काठमाडौँ) |
विद्यार्थी सङ्गठन | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन |
युवा सङ्गठन | राष्ट्रिय युवा सङ्घ, नेपाल |
मजदुर सङ्गठन | नेपाल ट्रेड युनियन महासङ्घ |
विचारधारा |
|
राजनीतिक स्थान | वामपन्थी |
अन्तर्राष्ट्रिय सम्बद्धता | कम्युनिस्ट र मजदुर दलहरूको अन्तर्राष्ट्रिय बैठक[7] |
रङहरू | रातो |
गान | "इन्तर्नास्योनाल" |
निर्वाचन चिह्न | |
राजनीतिक दलको झन्डा | |
वेबसाइट | |
ncp |
बन्द गर्नुहोस्