पन्जाब, पाकिस्तान
पाकिस्तानको एक प्रदेश। / From Wikipedia, the free encyclopedia
पन्जाब (उर्दु र पन्जाबी: پنجاب), सुन्नुहोस्ⓘ), पाकिस्तानको सर्वाधिक धेरै जनसङ्ख्या भएको प्रदेश हो जसको जनसङ्ख्या सन् २०१७ का अनुसार, ११०,०१२,४४२ रहेको छ। यस प्रदेश सिन्ध, बलुचिस्तान, र खयबर पख्तुनख्वा, इस्लामाबाद, र आजाद काश्मीरहरू जस्ता पाकिस्तानी प्रदेशहरूद्वारा घेरिएको छ। यसले भारतीय राज्य पन्जाब, राजस्थान, र जम्मू-काश्मीरको भारतीय प्रशासित क्षेत्रसँग पनि सीमा साझेदारी गरेको छ। प्रदेश राजधानी तथा सबैभन्दा ठुलो सहर लाहोर हो जुन सहर पाकिस्तानको सांस्कृतिक, ऐतिहासिक, आर्थिक र विश्वव्यापी केन्द्र हो जहाँ देशको चलचित्र उद्योग, र यसको धेरै फेसन उद्योग पनि आधारित छन्। चीन वा भारत बाहिर सबैभन्दा धेरै जनसङ्ख्या भएको यस प्रदेश विश्वको पाँचौँ सर्वाधिक जनसङ्ख्या भएको उपराष्ट्रिय इकाई समेत हो।
पन्जाब
پنجاب | |
---|---|
निर्देशाङ्क: ३१°N ७२°E / 31; 72 | |
देश | पाकिस्तान |
स्थापना | १ जुलाई १९७० |
राजधानी | लाहोर |
सबैभन्दा ठुलो सहर | लाहोर |
सरकार | |
• प्रकार | स्वशासित प्रदेश, सङ्घीय सरकारको अधिनमा |
• अङ्ग | पन्जाब सरकार |
• गभर्नर | चौधरी मोहम्मद सरवार |
• मुख्यमन्त्री | सरदार रउस्मान बुज्दर |
• मुख्य सचिव | जवद रफीक मलिक (पाकिस्तान प्रशासनिक सेवा) |
• व्यवस्थापिका | प्रदेश सभा |
• सर्वोच्च अदालत | लाहोर सर्वोच्च अदालत |
क्षेत्रफल | |
• जम्मा | २०५३४४ किमी२ (७९२८४ वर्ग माइल) |
• क्रम | दोस्रो |
जनसङ्ख्या (सन् २०१७) | |
• जम्मा | ११००१२४४२[1] |
• क्रम | प्रथम |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी मानक साय) |
भाषा | |
राष्ट्रिय सभामा सिटहरू | १८३ |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.५६७ [2] मध्यम |
प्रदेशिय विधानसभामा सीटहरू | ३७१[3] |
विभाग | ९ |
जिल्ला | ३६ |
तहसिल | १४६ |
सङ्घीय परिषद | ७६०२ |
वेबसाइट | www |
पुरातन कालदेखि नै पन्जाबमा मानिसहरूको बसोबास रहेको थियो। सिन्धु उपत्यकाको सभ्यता, २६०० ईपुमा हडप्पामा पहिलो पटक फेला परेको थियो। पन्जाब हिन्दु महाकाव्य महाभारतमा भारी मात्रामा देखा परेको छ, र यहाँ तक्षशिलाका कुराहरू उल्लेख छ जसलाई धेरैले विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय मान्दछन्। ३२६ ईपुमा अलेक्ज्यान्डर द ग्रेटले राजा पोरसलाई पन्जाबको मोङ नजिकै झेलमको युद्धमा पराजित गरेका थिए। उमायाद साम्राज्यले ८औँ शताब्दीमा पन्जाबमाथि जित हासिल गरेको थियो। त्यसपछिका शताब्दीहरूमा, पन्जाबले धजनभिआन, घुरिड, दिल्ली सल्तनत, मुघल, दुर्रानी र सिखले आक्रमण गर्दै कब्जा गरेका थिए। मुघल साम्राज्यको शासनकालमा पन्जाब आफ्नो वैभवको उचाइमा पुगेको थियो। १८औँ शताब्दीको बेला, नादर शाहको मुघल साम्राज्यको आक्रमणले पन्जाबमा मुघलको अधिकार खस्किएको थियो र यो अराजकतामा परेको थियो। अहमद शाह दुर्रानीको अधीनमा रहेका दुर्रानी अफगानहरूले पन्जाबको कब्जा गरेका थिए तर सफल विद्रोह पछि यसले सिखलाई पराजित गरेको थियो जसले सन् १७५९ मा सिख सेनालाई लाहोरको दावी गर्न अनुमति दिएको थियो। सिख साम्राज्य सन् १७९९ मा रणजित सिंहको शासनमा स्थापित भएको थियो र बेलायतीसँग पराजित हुनु अघि, यसको राजधानी लाहोर रहेको थियो। पन्जाब, भारत र पाकिस्तान दुबैको स्वतन्त्रता आन्दोलनमा केन्द्रित थियो, लाहोरलाई भारतीय स्वतन्त्रताको घोषणापत्र र पाकिस्तानको स्थापनाको लागि प्रस्ताव गरिएको दुबैको स्थान थियो। बेलायती भारतको पन्जाब प्रदेश सन् १९४७ मा विभाजित भएको थियो। रेडक्लिफ रेखाद्वारा धार्मिक सीमा विभाजित भएको बेला यो प्रदेशको गठन भएको थियो।
पन्जाब पाकिस्तानको सबैभन्दा औद्योगिक प्रदेश हो र औद्योगिक क्षेत्रले यस प्रदेशको कुल घरेलु उत्पादनको २२४% कायम गरेको छ। पन्जाब पाकिस्तानमा यसको सापेक्ष समृद्धिका लागि परिचित छ, र सबै पाकिस्तानी प्रदेशहरूमध्ये सबैभन्दा कम गरीबी दर भएको प्रदेश हो। प्रदेशको उत्तरी र दक्षिणी भागको बीचमा स्पष्ट विभाजन रहेको छ। पाकिस्तानको सबैभन्दा कम सम्पन्न उत्तरी पन्जाबमा गरीबी दर बढी रहेको छ। पन्जाब दक्षिण एसियाको सबैभन्दा ठुलो सहरी क्षेत्रहरू मध्ये एक हो जसमा करीव ४०% मानिसहरू सहरी क्षेत्रमा बस्दछन्। पाकिस्तानको बाँकी देशको तुलनामा यसको मानव विकास सूचकाङ्कको स्तर उच्च छ।
यो प्रदेश सुफीवादबाट अत्यन्तै प्रभावित छ, धेरै सूफी तीर्थस्थलहरू पन्जाबभरि फैलिएका छन् जसले वर्षेनी लाखौँ श्रद्धालुहरूलाई आकर्षित गर्दछ। सिख धर्मका संस्थापक, गुरू नानकको जन्म लाहोर नजिकैको ननकाना साहिबमा भएको थियो। पन्जाब कटासराज मन्दिरको क्षेत्र हो, जुन हिन्दु पौराणिक कथाका लागि प्रख्यात छ। धेरै संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठनको विश्व सम्पदा स्थलहरू पन्जाबमा अवस्थित छन् जसमा शालीमार बगैँचा, लाहोर किल्ला, तक्षशिला पुरातात्विक उत्खनन, र रोहतास किल्ला समावेश छ।