बिङ (खोज संयन्त्र)
वेब खोज संयन्त्र / From Wikipedia, the free encyclopedia
बिङ एक वेब खोज संयन्त्र हो जसलाई अमेरिकी बहुराष्ट्रिय इन्टरनेट निगम माइक्रोसफ्टको नियन्त्रणमा रहेको छ। यो माइक्रोसफ्टद्वारा सञ्चालित छ। यस सेवाको उत्पत्ति माइक्रोसफ्टका अघिल्ला खोज संयन्त्रहरूबाट भएको थियो जसमा एमएसएन खोज , विन्डोज प्रत्यक्ष खोज तथा प्रत्यक्ष खोज समावेश छ। बिङले वेब, श्रव्य दृश्य, तस्वीर र नक्सा खोज उत्पादनहरू सहित विभिन्न खोज सेवाहरू प्रदान गर्दछ। यसलाई एएसपि डटनेट प्रयोग गरेर विकस गरिएको थियो।
साइटको प्रकार | खोज संयन्त्र |
---|---|
उपलब्ध भाषा | ४० भाषाहरू |
मालिक | माइक्रोसफ्ट |
सर्जक | माइक्रोसफ्ट |
आय | बिङ विज्ञापन |
युआरएल | www |
अलेक्सा क्रम | ३२ (अप्रिल २०१०)[1] |
व्यवसायिक | हो |
दर्ता | वैकल्पिक (माइक्रोसफ्ट खाता) |
चालु भएको मिति | जुन ३, २००९; १४ वर्ष पहिले (२००९-०६-03) |
वर्तमान स्थिति | चालू |
लेखिएको भाषा | एएसपी डटनेट[2] |
माइक्रोसफ्टको प्रत्यक्ष खोजलाई बिङद्वारा प्रतिस्थापन गरिएको थियो जसलाई माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मरले २९ मे २००९ मा सान डिएगो, क्यालिफोर्नियामा आयोजित अल थिङ्स डिजिटल नामक सम्मेलनमा सेवाको अनावरण गरेका थिए।[3] त्यस समयमा खोज सुझावहरूको सूची र सम्बन्धित खोजको सूचीहरूमा आधारित खोज सुझावहरूलाई सेवामा समावेश गरिएको थियो जुन पावरसेट नामक प्रविधिमा आधारित थियो। पावरसेट प्रविधिलाई माइक्रसफ्टले सन् २००८ मा अधिग्रहण गरेको थियो।[4]
२९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु! एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा माइक्रोसफ्टको खोज संयन्त्र बिङले याहु! खोजलाई थप शक्तिशाली बनाएको थियो।[5] सन् २०१२ को सुरुवात तिर, याहु!का विश्वव्यापी ग्राहक र साझेदारहरू सेवामा समक्रमित भएका थिए। उक्त सम्झौता सन् २०१५ मा बदलिएको थियो र याहु! खोजले व्यापक खोजीका लागि मात्र बिङको प्रयोग गरेको थियो।[6]
अक्टोबर २०११ मा, नयाँ सूचकाङ्क प्रविधि र प्रयोगकर्ताको लागि छिटो तथा सान्दर्भिक खोज परिणामहरू प्रदान गर्ने लक्ष्यका साथ यसले नयाँ खोजी पूर्वाधारहरूमा काम गरिरहेको बताएको थियो जसलाई निगमले "बाघ" (अनुवादित नाम) नामकरण गरेको थियो।[7] नयाँ सूचकाङ्क प्रविधि उक्त वर्षको अगस्ट देखि विश्वव्यापी रूपमा बिङमा समावेश गरिएको थियो।[8] मे २०१२ मा, माइक्रोसफ्टले आफ्नो खोज संयन्त्रको अर्को पुन: बनोटको घोषणा गरेको थियो[9] जसमा "पक्षपट्टी" समावेश गरिने बताइएको थियो जुन एक सामाजिक सुविधा हो भने यसले खोज प्रश्नसँग सम्बन्धित जानकारीको लागि प्रयोगकर्ताको सामाजिक सञ्जालहरूको खोजी गर्ने गर्दछ।[10]
अक्टोबर २०१८ सम्ममा , बिङ विश्वव्यापी वेबमा तेस्रो ठूलो खोज संयन्त्र थियो जसले ४.५८% बजार साझेदारी गरेको थियो भने यसका प्रतिस्पर्धीहरू क्रमश: गुगल (७७%), बायदु (१४.५४%) र याहु! (२.६३%) हुन्।[11]