मनाङ- मर्स्याङ्दी क्लब
नेपाली फुटबल क्लब / From Wikipedia, the free encyclopedia
मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले हालसम्म ७ पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको छ । भने अन्तिम पटक २०१४ मा राष्ट्रिय लिग जितेको थियो । सन् १९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४ गरी सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्लबले सन् २०१३ सालमा अन्तर्राष्ट्रिय उपाधिका रूपमा किङस् कप जित्न सफल भएको थियो ।
पुरा नाम | मनाङ- मर्स्याङ्दी क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | 'मनाङे' | |||
स्थापना | १९८२; ४२ वर्ष अघि (१९८२) | |||
मैदान | दशरथ रङ्गशाला, काठमाडौँ, नेपाल | |||
मैदान क्षमता | २५,००० अन्दाजी | |||
अध्यक्ष | ज्याम्लिङ घले | |||
प्रशिक्षक | राजु काजी शाक्य[1] assistant नबिन न्य | |||
लिग | २०१५ नेपाल राष्ट्रिय लिग | |||
२०७२ | दोस्रो | |||
| ||||
मनाङ मर्स्याङदी क्लब जसलाई नेपालीरियल म्याड्रिड भनेर समेत चिनिन्छ । भने यस फुटबल क्लबको राष्ट्रिय लिग तथा अन्य जुनसुकै सानो ठूलो फुटबल प्रतियोगितामा प्रमुख प्रतिद्वन्दीका रूपमा सुरुमा रानीपोखरी कर्नर टिम (आरसीटि) र न्युरोड टिम (एन.आर.टि)आएको थियो भने पछिलो पटक नेपालकै अर्को उत्कृष्ट क्लब थ्री स्टार क्लब र नेपाल पुलिस क्लब लिईन्छ। साथै अन्य नेपाली फुटबल टिमहरूलाई पनि यस टिमको प्रतिद्वन्द्वी मानिन्छ ।