मुगु जिल्ला

नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia

मुगु जिल्ला
Remove ads

मुगु जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। नेपालको सबभन्द ठूलो तालको परिचय पाएको रारातालपनि यहि जिल्लाम रहेको छ। राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो।

छरितो तथ्यहरू मुगु जिल्ला, देश ...
Remove ads

नामाकरण

पौराणिक किम्बदन्ती अनुसार विभिन्न भनाईहरू रहेतापनि यस जिल्लाको उत्तरी भेगको इलाका नम्बर ३मा पर्ने मुगु गाउँको नामबाट यस जिल्लाका नाम मुगु रहन गएको हो।

पर्यटन

नेपालको सबै भन्दा ठुलो रारा ताल मुगु जिल्लामा नै पर्दछ । रारा तालको लम्बाई ५ किलो मिटर चौडाई, ३ किलो मिटर र गहिराई १६७ मिटर रहेको छ । समुद्री सतहबाट २९९० मिटरको उचाईमा अवस्थित रारा ताल मुगु जिल्लामा आउने पर्यटनको मुख्य आकर्षण हो । यसका साथै छायाँनाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङ्खेली हिमाल आदी पर्यटकिय स्थलहरू यस जिल्लामा रहेका छन् । भौगोलिक विकटताका कारण यि पर्यटकिय स्थलहरूको विकास र प्रवर्वर्द्धन हुन सकेको छैन ।[]

Remove ads

अर्थतन्त्र

नेपालको मध्य पश्चिमाञ्चल विकाश क्षेत्र अन्तर्गत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणबाट विश्लेषण गर्दा विगतका वर्षहरूमा ७५ औँ स्थानबाट माथी उठ्न नसके पनि हालको अवस्थामा यो जिल्ला सडक सञ्जाल जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतनास्तरमा क्रमशः विकास हुनको परिणाम स्वरुप शाक्षरता दर औषत आयु र प्रति व्याक्ति आय जस्ता सूचकहरूमा सुधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औँ स्थानमा पर्नु जिल्लाको विकास क्रममा उल्लेख्य उपलब्धि हो । नवौँ गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा शुशाषन प्रवर्द्धन सबैको सहयोग र सहकार्य भएमा आगामी वर्षहरूमा मानव विकास सूचकाङ्कको सूचीमा थप सुधार हुने निश्चित छ ।[]

प्रशासनिक विभाजन

जिल्लामा ४ स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ३ गाउँपालिका छन्।[]

थप जानकारी स्थानीय तह, वडा सङ्ख्या ...

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads