हेन्स क्रिस्चियन एनासेन
From Wikipedia, the free encyclopedia
हेन्स क्रिस्चियन एनासेन (/ˈændərsən/ AN-dər-sən, डेनिस: [ˈhænˀs ˈkʰʁestjæn ˈɑnɐsn̩] ( सुन्नुहोस्); २ एप्रिल १८०५ – ४ अगस्ट १८७५) डेनिस लेखक हुन्। नाटक, उपन्यास, कविता लगायतका धेरै विधामा कलम चलाउने उनलाई परी कथाहरूका लागि विशेष सम्झने गरिन्छ। एनासेनका परी कथाहरू, ९ खण्डहरुमा प्रकाशित छन् जसमा जम्मा १५६ कथाहरू समावेश छन्। ती कथाहरू १२५ भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।[1] [2]