२०२२ फिफा विश्वकप फाइनल
From Wikipedia, the free encyclopedia
२०२२ फिफा विश्वकप फाइनल खेल सन् २०२२ डिसेम्बर १८ का दिन कतारको लुसेल सहर अवस्थित लुसेल स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच सम्पन्न भएको थियो। यो फुटबल खेल २०२२ फिफा विश्वकपको समापन खेल रहेको थियो। यो पुरुष राष्ट्रिय फुटबल टोलीहरू सम्मिलित फिफा विश्वकप प्रतियोगिताको २२औँ संस्करणको फाइनल खेल थियो। यो फाइनल खेल हेर्न रङ्गशालामा ८८,९६६ समर्थकहरूको उपस्थिति दर्ज गरिएको थियो।[3] यो खेललाई पोल्यान्डका रेफरी साइमन मार्सिनियाकले सञ्चालन गरेका थिए।
प्रतियोगिता | २०२२ फिफा विश्वकप | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
अतिरिक्त समय पछि पेनाल्टीमा अर्जेन्टिना ४–२ ले विजयी | |||||||
मिति | १८ डिसेम्बर २०२२ (2022-12-18) | ||||||
स्थान | लुसेल स्टेडियम, लुसेल | ||||||
म्यान अफ द म्याच | लियोनेल मेसी (अर्जेन्टिना) | ||||||
रेफ्री | साइमन मार्सिनियाक (पोल्यान्ड) | ||||||
उपस्थिति | ८८,९६६ | ||||||
मौसम | आंशिक बादल २२ °से (७२ °फे) ६४% आद्रता[1][2] | ||||||
← २०१८ २०२६ → |
अर्जेन्टिनाले पहिलो हाफमा लियोनेल मेसी र एन्जेल डी मारियाको गोलले २-० को अग्रता लिएको थियो तर फ्रान्सका लागि किलियन एम्बाप्पेको ह्याट्रिक र अर्जेन्टिनाका लागि लियोनेल मेसीको थप एक गोलले खेल अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएको थियो। अर्जेन्टिनाले त्यसपछिको पेनाल्टी सुटआउटमा ४–२ ले खेल जितेर तेस्रो र सन् १९८६ पछि पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको थियो। खेललाई यसको ब्याक-एन्ड-फोर्थ प्रकृतिको लागि प्रशंसा गरिएको थियो[4] र केही पत्रकारहरूले यसलाई हालसम्म सम्पन्न भएका उत्कृष्ट फिफा विश्वकप फाइनलहरू मध्ये एक मानेका थिए।[5][6][7]