एफसी बार्सिलोना
फुटबल क्लब / From Wikipedia, the free encyclopedia
बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।
पुरा नाम | फुटबल क्लब बार्सिलोना (Futbol Club Barcelona) | |||
---|---|---|---|---|
उपनाम(हरू) | बार्सा (Barça) कुलेस (Culés) ब्लाउग्रानेस (Blaugranes, अर्थ: निलो-) (supporters) | |||
स्थापना | नोभेम्बर २९, १८९९ (as Foot-Ball Club Barcelona) | |||
मैदान | क्याम्प नउ, बार्सिलोना, स्पेन | |||
मैदान क्षमता | ९९,३५४ | |||
President | जोसेप मारियो बार्टमेउ | |||
म्यानेजर | रोनल्ड कोम्यान | |||
लिग | ला लीगा | |||
२०१८-१९ | ला लीगा, च्याम्पियन | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
सन् १८९९मा जोअन ग्यामपरको नेतृत्वमा स्विस, अङ्ग्रेजी, र स्पेनिश फुटबल खेलाडीको एक समूह मिलाई "Més que un club" (नेपालीमा: एउटा क्लब भन्दा बढी) भन्ने नाराका साथ फुटबल क्लब बार्सिलोनाको रूपमा यस क्लबको स्थापना भएको थियो । यो क्लब क्याटलनबाद र क्याटलन संस्कृतिको एक प्रतीक बन्यो । यसको आधिकारिक गान "Cant del Barça" जउमे पिकास र जोसफ मारिया इस्पिनासले लेखेका हुन । राजस्वको मामलामा यो क्लब विश्वको दोस्रो धनी फुटबल क्लब हो, यसको वार्षिक बजेट ३९८,०००,००० थियो। यस क्लबको रियल म्याड्रिड क्लबसँग लामो समय देखि प्रतिद्वन्द्विता चली आएको छ र यि दुई बिचको खेललाई अल क्लासिकोको नामले चिनिन्छ ।
समग्र ट्रफिहरू: २६ पटक ला लिगामा शिर्षस्थान साथै २८ स्पेनिश कप, १२ स्पेनिश सुपर कप, २ लिग कप विजेता रेकर्डका साथ एफसी बार्सिलोना स्पेनिश फुटबलमा सबै भन्दा सफल क्लबको रूपमा स्थापित छ। साथै यूरोपीय फुटबलमा दस पटक UEFA प्रतियोगिता विजेता बन्ने क्लबहरू मध्यमा पर्दछ । यो क्लब १९५५ पछि प्रत्यक सिजनका यूरोपेली महाद्वीपीय फुटबल खेलहरूमा समावेश हुने एक मात्र क्लब हो । सन् २००९ मा बार्सिलोना ला लिगा, कोपा डेल रे र च्यापियन्स लिग विजेता भई स्पेनमा एकै पटक तिन वटा खेल विजेता (ट्रेबल) हुने प्रथम क्लब बन्यो । त्यही वर्ष, स्पेनिश सुपर कप, UEFA सुपर कप र फिफा क्लब विश्वकपमा पनि विजेता भई पहिलो पल्ट एकै वर्ष ६ प्रतियोगिताहरू जित्ने (सेक्सटपल) पहिलो क्लब बन्यो । त्यसैगरि सन् २०१४-१५ मा बार्सिलोना ला लिगा, कोपा डेल रे र च्यापियन्स लिग विजेता भई दोस्रो पटक ट्रेबल जित्ने पहिलो क्लब बन्यो । त्यही वर्ष उसले स्पेनिश सुपर कपमा पनि विजेता भई पहिलो पल्ट दोस्रो पटक ट्रेबल जित्ने पहिलो क्लब बन्यो । सन् २०१६ मा ला लिगा,कोपा डेल रे र सुपर कोपा गरी तीन वटा उपाधीमा रक्षा गर्यो।