![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/32/A_sculpture_at_Srimanata_Sankardev_Kalakhetra.jpg/640px-A_sculpture_at_Srimanata_Sankardev_Kalakhetra.jpg&w=640&q=50)
दिसपुर
From Wikipedia, the free encyclopedia
दिसपुर /dɪsˈp[invalid input: 'oor']/ (उच्चारणⓘ) भारतको राज्य आसामको राजधानी हो । गुवाहाटी सहरको स्थानीय सहर रहेको दिसपुर सन् १९७३ मा आसामको राजधानी बनेको हो । मेघालय राज्यको स्थापना भएपछि यो सहर शिलोङ पछि राजधानी बनेको हो ।
दिसपुर
দিছপুৰ Dispur | |
---|---|
राजधानी | |
![]() शङ्करदेव कलाक्षेत्रमा रहेको एक मूर्ति | |
देश | भारत |
राज्य | आसाम |
जिल्ला | कामरूप महानगर |
सरकार | |
• मुख्यमन्त्री | सर्वनन्द सोनोवाल |
उन्नतांश | ५५ मिटर (१८० फिट) |
जनसङ्ख्या (२०१०) | |
• जम्मा | ९,८२९ |
भाषाहरू | |
• आधिकारिक | आसामी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
पिन | ७८१००५ |
टेलिफोन कोड | ९१ - (०) ३६१ - XX XX XXX |
आइएसओ ३१६६ सङ्केत | IN-AS |
सवारी दर्ता | AS - २५ |
दिसपुर आसाम सरकारको क्षेत्र हो । दिसपुरको दक्षिणमा पौराणिक वशिष्ठ आश्रम र शंकरदेव कलाक्षेत्र स्थित छन् । शंकरदेव कलाक्षेत्र सन् १९९० मा अस्तित्वमा आएको थियो किनभने यस क्षेत्रमा एउटा कला केन्द्रको कमी पछिल्लो कयौं वर्षदेखि महसुस भइरहेको थियो । आसाम सचिवालय भवन, आसाम संसद भवन र राज्य आपातकालीन केन्द्र दिसपुरमै अवस्थित रहेको छ । आसाम मार्ग र जिएस मार्ग दिसपुर भएरै जान्छ । राजधानीको रूपमा जानिने दिसपुर, गुवाहाटी चिया विमोचन केन्द्रको लागि प्रसिद्ध छ । विभिन्न प्रकारका चियाहरू यहाँ विमोचन गर्ने गरिन्छ । यस केन्द्रमा सिटिसी चियाको विश्वमा सबैभन्दा बढी प्रजाति विमोचन गर्ने गरिन्छ ।