मध्यपङ्क्ति (फुटबल)
From Wikipedia, the free encyclopedia
सामान्य अर्थमा मध्यपङ्क्ति भन्नाले अग्रपंक्ति र रक्षापंक्तिको बिचको स्थान भन्ने बुझिन्छ। फुटबलमा मध्यपङ्क्तिबाट खेल्ने खेलाडीलाई मिड फिल्डर भनिन्छ। केहि मिड फिल्डरहरू रक्षात्मक भूमिकामा देखिन्छन् भने केहि मिडफिल्डर र फरवार्ड बिचको सिमाको यकिन स्थान नखुलाई खेल्ने गर्दछन। मिड फिल्डरको संख्या र भूमिका टोलीको संरचनामा निर्भर गर्दछ ; मैदानमा रहेका मिड फिल्डरहरू बटुलेर बनेको समूहलाई नै मध्यपङ्क्ति भनिन्छ। धेरै प्रशिक्षकहरूले कम्तिमा एउटा मिड फिल्डरलाई विपक्षी टोलीको आक्रमण माथि धावा बोल्न प्रयोग गर्छन, भने बाँकी मिड फिल्डरहरूलाई गोलको मौका सिर्जना गर्ने वा रक्षात्मक र आक्रामक दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहेर खेल्न प्रशिक्षकले खटाउन सक्छ। मिड फिल्डर ती खेलाडी हुन् जो अन्य खेलाडीभन्दा बढी दुरी तय गर्दछन्।