अक्कादी भाषा
From Wikipedia, the free encyclopedia
अक्कादी ( akkadû, 𒀝𒅗𒁺𒌑 ak-ka-du-u 2 ; लोगोग्राम: 𒌵𒆠 URI KI ) एक विलुप्त पूर्वी सेमिटिक भाषा हो जुन प्राचीन मेसोपोटामियामा (अक्कद , असिरिया, इसिन, लार्सा र बेबिलोनिया) तेस्रो सहस्राब्दी इसापूर्व देखि आठौँ शताब्दी इसापूर्व सम्म बोलियो जब त्यसलाई क्रमश आरामी भाषाले प्रतिस्थापन गर्न थाल्यो।
छरितो तथ्यहरू अक्कादी, क्षेत्र ...
अक्कादी | |
---|---|
बेबिलोनी वा अश्शूरी | |
𒀝𒅗𒁺𒌑 अक्कदु | |
क्षेत्र | मेसोपोटामिया |
मातृभाषी वक्ता | – |
अफ्रोएसियाली भाषा परिवार
| |
आञ्चलिक भाषाहरू | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | सुरुमा अक्काद (मध्य मेसोपोटामिया); कांस्यको अन्त्य र प्रारम्भिक फलाम युगमा मध्य पूर्व र इजिप्टको साझा भाषा। |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-२ | akk |
आइएसओ ६३९-३ | akk |
ग्लोटोलग | akka1240 [6] |
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ। |
बन्द गर्नुहोस्
यो सबैभन्दा पहिलो प्रलेखित सेमिटिक भाषा हो र यसले क्युनिफोर्म लिपिको प्रयोग गर्दथ्यो जुन मूल रुपमा असम्बन्धित र विलुप्त सुमेरी भाषा लेख्न प्रयोग गरिन्थ्यो। अक्कादी भाषा अक्कद सहरको नामबाट राखिएको हो जुन अक्कादी साम्राज्य (लगभग २३३४ - २१५४ ईसापूर्व) को समयमा मेसोपोटामियाली सभ्यताको प्रमुख केन्द्र रहेको थियो। सुमेरी र अक्कादी भाषाहरूको बीचको पारस्परिक प्रभावले यी भाषाहरूलाई विद्वानहरूलाई भाषा सङ्घको रूपमा वर्णन गर्न प्रेरित गरेको छ।