अभिनेत्री
From Wikipedia, the free encyclopedia
अभिनेत्री ती महिला कलाकार हुन् जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्छन् । [1] अभिनेत्री परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मञ्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन)द्वारा दर्शकको लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेत्रीको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । [2]