आमार सोनार बाङ्ला
From Wikipedia, the free encyclopedia
"आमार सोनार बाङ्ला" (बङ्गाली: আমার সোনার বাংলা, नेपाली: "मेरो सुनौलो बङ्गाल") बङ्गलादेशको राष्ट्रिय गान हो।[1][2] यस ओडलाई सन् १९०५ मा बङ्गाली लेखक रविन्द्रनाथ टेगोरले बङ्गाल आमाको लागि लेखेका थिए। यस गीतको लय बाउन गायक गगन हरकराको गीत "आमि कोथाय पाबो तारे" (আমি কোথায় পাবো তারে)को लयलाई दादरा तालमा तालबद्ध गरी लिइएको हो।[3][4][5]
छरितो तथ्यहरू लेखक, सङ्गीत ...
आमार सोनार बाङ्ला | |
बङ्गलादेशको राष्ट्रिय गान | |
लेखक | रविन्द्रनाथ टेगोर, सन् १९०५ |
---|---|
सङ्गीत | गगन हरकरा, सन् १८८९ (समर दासद्वारा सङ्गीतबद्ध, सन् १९७२) |
लागू | मार्च ३, १९७१ |
सङ्गीत नमूना | |
बन्द गर्नुहोस्
यो लेखमा बङ्गाली अक्षरहरू रहेका छन् । बिना वास्तविक प्रतिपादन समर्थनको अभावमा, तपाईँ प्रश्नसूचक चिह्न, बाकस चिह्न वा अन्य नचिन्ने चिह्न अथवा अक्षर हेर्न सक्नुहुनेछ ।