उरिदू प्यालेस्टाइन
प्यालेष्टाइनका दूरसञ्चार कम्पनीहरू / From Wikipedia, the free encyclopedia
उरिदू प्यालेष्टाइन (अरबी: أوريدو فلسطين) (पूर्व वाटानिया मोबाइल दूरसञ्चार कम्पनी वा छोट्करीमा वाटानिया), प्यालेष्टाइनमा रहेको प्रमुख दुरसञ्चार कम्पनी हो र यो जावल पछिको अर्को प्रमुख दुरसञ्चार कम्पनी हो।[2] यो सन् २००६ मा स्थापना भएको थियो। यो बहुराष्ट्रिय कतारी दूरसञ्चार कम्पनी ओरिदुको सहायक कम्पनी हो। उरिदूको यसमा ४८.४५% को सेयर रहेको छ भने ३४.०३% प्यालेष्टाइन लगानी कोषको र बाँकी १७.५२% अन्य लगानीकर्ताहरू रहेको छ। [2]कम्पनीका हालका अध्यक्ष मोहम्मद अबु रमादन हुन्। उनी पहिला प्यालेष्टाइनका योजना मन्त्री रहेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दुरघाम माराई हुन्।[3] सन् २०१२ को अन्त्य सम्ममा, यसमा ६,१०,००० ग्राहकहरू रहेका छन् र यसले दूरसञ्चार क्षेत्रमा २८% बजार साझेदारी गरेको छ। बजार पूँजीकरणका हिसाबले, प्यालेष्टाइन सेयर बजारमा यो तेस्रो सबैभन्दा ठूलो कम्पनी हो। यसले १३.८% प्यालेष्टाइन सेयर बजारको बजार प्रतिनिधित्व गरेको छ। यसले प्यालेष्टाइन सरकारबाट दूरसञ्चार सेवा प्रदान गर्नका लागि दोस्रो अनुमति पत्र प्राप्त गरेको थियो।[4]
![]() | |
उद्योग | दूरसञ्चार |
---|---|
स्थापित | नोभेम्बर २००९ |
केन्द्रीय कार्यालय | अल-बिरेह, प्यालेष्टाइन, अल-बिरेह , प्यालेष्टाइन |
सेवा क्षेत्र | प्यालेष्टाइन |
मुख्य व्यक्ति | दुरघाम माराई (कार्यकारी) मोहम्मद अबु रमदान (अध्यक्ष) |
उत्पादनहरू | विमोसप्र, जिपिआरएस, एन, संक्षिप्त सन्देश सेवा, एमएमएस, इन्टरनेट सेवा प्रदायक, तेस्रो पुस्ता सञ्जाल |
आम्दानी | 101,600,000 अमेरिकी डलर[1] (2020) ![]() |
7,500,000 अमेरिकी डलर[1] (2020) ![]() | |
मूल सङ्गठन | उरिदू |
वेबसाइट | www |