From Wikipedia, the free encyclopedia
एओएल डाँक एक नि: शुल्क वेब-आधारित ई-मेल सेवा हो जुन एओएलद्वारा प्रदान गरिएको छ। यो भरिजोन सञ्चारको एक विभाजन हो।
साइटको प्रकार | वेब अनुप्रयोग (इ-डाँक, वेब डाँक) |
---|---|
उपलब्ध भाषा | ५४ भाषाहरू |
मालिक | एओएल |
युआरएल | mail |
व्यवसायिक | हो |
दर्ता | आवस्यक |
वर्तमान स्थिति | सक्रिय |
सामग्री इजाजतपत्र | स्वामित्व सफ्टवेयर |
एओएल डाँकसँग निम्न सुविधाहरू उपलब्ध छन्:
विज्ञापन: विज्ञापनहरू ई-डाँक खाताहरूसँग काम गर्ने क्रममा प्रदर्शित हुन्छन्। ई-डाँक भित्र लुकेका सूत्रहरू स्वत: असक्षम पारिएका छन् र ई-डाँक प्रयोगकर्ताहरूद्वारा मात्र सक्रिय गर्न सकिन्छ।[6]
सन् १९९३ मा, दुबै अमेरिका अनलाइन (एओएल) र डेल्फीले उनीहरूको स्वामित्व इ-डाँक सेवाहरू इण्टरनेटमा जडान गर्न सुरु गरेका थिए।[9]
अक्टोबर १९९७ सम्म, एओएल मेल विश्वको सबैभन्दा ठूलो ई-डाँक प्रदायक थियो जसमा करीव ९० लाख ग्राहकहरू रहेका थिए (एओएल सदस्यहरूको सङ्ख्याको पर्यायवाची)।[10][11]
सन् १९९७ मा, एओएलले, यसको ई-डाँक सेवा अन्तर्गतको वेब-आधारित संस्करण नेटमेलको सुरुवात गरेको थियो।[12] यसको सुरुवातमा यो इण्टरनेट एक्सप्लोररमा मात्र काम गरेकोमा यसको आलोचना गरिएको थियो, तर पछि जाभामा लिखित संस्करणले नेटस्केप नेभिगेटरसँग अनुकूलता सुनिश्चित गरेको थियो। डिसेम्बर १९९९ मा यस सेवाको नाम एओएल मेल राखिएको थियो।[13]
जनवरी २००१ मा, पाठमा आधारित अङ्कीय सेलफोन र पेजरहरूको लागि एक इ-मेल सचेत सेवाको सुरूवात गरिएको थियो।[14]
सन् २००४ मा, एओएलले सदस्यता लिने ग्राहकहरूको आवश्यकता बिना नै सार्वजनिकको लागि नयाँ नि: शुल्क वेबमेल सेवाको परीक्षण गरेको थियो। यसको सृजना आउटलुक, याहु र जिमेलको बिरूद्धमा प्रतिस्पर्धा गर्ने उद्देशका साथ गरिएको थियो।[15] मे २००५ मा सेवा एआइएम मेलको नामले शुरू भएको थियो। यसको सेवा सन् २००४ मा कम्पनीले अधिग्रहण गरेको प्रविधि मेलब्लक्समा आधारित छ।[14]
अगष्ट २००६ देखि, एओएल विस्तृत पट्टि प्रयोगकर्ताहरूको लागि पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध बनाइएको थियो।[16][17] सोही महिना, नेटस्केप मेल एआइएम मेलमा सारिएको थियो।[18]
नोभेम्बर २०१० मा, एओएलले फिनिक्स नामक परियोजनाको सार्वजनिक गरेको थियो।[19] सन् २०१२ मा, एओएलले अल्टो मेल सफ्टवेयर जारी गरेको थियो। जुलाई २०१२ सम्म, एओएल मेलका २ करोड ४० लाख प्रयोगकर्ताहरू रहेका थिए।[20] १६ मार्च २०१७ मा, भेरिजनले एओएललाई अधिग्रहण गरेको थियो।[21]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.