एजे ली
From Wikipedia, the free encyclopedia
अप्रिल जिनेट मेन्डेज (जन्म १९ मार्च १९८७) एक अवकाश प्राप्त अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा लेखक हुन्। उनी आफ्नो कुस्ती कार्यकालमा एजे लीको नामले परिचित छिन्। लिले आफ्नो कुस्ती कार्यकाल अन्तर्गत ३ पटक डब्ल्युडब्ल्युई डिभास उपाधि जित्न सफल भएकी थिइन्।
एजे ली | |
---|---|
वास्तविक नाम | अप्रिल जिनेट मेन्डेज |
जन्म | (1987-03-19) १९ मार्च १९८७ (उमेर ३७) युनियन सहर, न्यु जर्सी |
जीवनसाथी(हरू) | सिएम पङ्क ( वि २०१४) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम |
|
उचाई | ५ फिट २ इन्च (१५७ सेमी)[2] |
तौल | ११५ पाउन्ड (८ स्टोन ३ पाउन्ड; ५२ किग्रा) |
उत्पत्ति | युनियन सहर, न्यु जर्सी[2] |
प्रशिक्षक |
|
पदार्पण | सन् २००७ |
सन्यास | ३ अप्रिल २०१५ |
अमेरिका स्थित न्यु जर्सीमा जन्मिएर हिर्किएकी मिण्डेजले आफ्नो व्यवसायिक कुस्ती कार्यकाल एक अमेरिकी कुस्ती संस्था स्वतन्त्र सर्किटबाट सन् २००७ मा गरेकी थिइन्। मिण्डेजले सन् २००९ मा डब्ल्युडब्ल्युईसँग आवद्ध भएपछि त्यसको दुई वर्ष उनी डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा कार्यरत भएन् भने सन् २०११ उनको डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पदोन्नति भएको थियो। सन् २०१२ मा उनी तीन महिनाका लागि डब्ल्युडब्ल्युई र ब्राण्डको महाप्रबन्धक भएकी थिइन् जसकारण उनी प्रतिष्ठित हुन पुगेकी थिइन्। उनले त्यसपछिका वर्षहरूमा डिभास उपाधि जित्न सफल भएकी थिइन् भने उनले उक्त उपाधि आफ्नो कुस्ती कार्यकालमा तीन पटक जितेकी थिइन्। मिण्डेजले वर्षको उत्कृष्ट महिला खेलाडी विधामा सन् २०१४ र सन् २०१४ को स्लामे पुरस्कार पनि हात पार्न सफल भएकी थिइन्। लिले सन् २०१५ मा कुस्तीबाट अवकाश लिएकी थिइन्।