एम सिक्सटिन राइफल
From Wikipedia, the free encyclopedia
एम सिक्सटिन राइफल, आधिकारिक रूपमा राइफल, क्यालिबर ५.५६ मिमी, एम सिक्सटिन निर्दिष्ट गरिएको, संयुक्त राज्यको सेनाको लागि "आर्मालाइट एआर -१५" राइफलबाट सुधार गरिएको अनुकूलित सैन्य राइफलहरूको श्रेणी हो। मूल एम सिक्सटिन राइफल एक २०-राउन्ड म्यागजिन सहितको ५.५६ मिमी स्वचालित राइफल थियो।
१९६४ मा, एम सिक्सटिन अमेरिकी सेनाको सेवामा प्रवेश गराइएको थियो र अर्को वर्ष भियतनाम युद्धको क्रममा जंगल युद्ध अभियानको लागि प्रयोग भयो। । [1] १९६९ मा, "एम सिकसटिन ए वान" ले "एम फोर्टिन" राइफललाई प्रतिस्थापित गर्यो र अमेरिकी सेनाको मानक सेवा राइफल भयो । [2] "एम सिक्सटिन ए वान" मा बोल्ट-सहायता, क्रोम-प्लेटेड बोर र ३०-राउन्ड म्यागजिन (अघिल्लो २० राउन्ड) लगायतका सुधारहरू गरिए।
एम सिक्सटिन विश्वव्यापी रूपमा अन्य सशस्त्र बलहरु द्वारा व्यापक रुपमा प्रयोग गरिएको छ। एम सिक्सटिनको विश्वव्यापी कुल उत्पादन करिब ८० लाख छ, यो तथ्यांकले यसलाई सबभन्दा धेरै उत्पादन हुने ५.५६ मिमी क्यालिबर बन्दुक बनाउँछ ।[3][4] अमेरिकी सेनाले ठूलो रूपमा "एम सिक्सटिन" लाई फ्रन्टलाइन लडाई इकाइहरूबाट छोटो र हल्का संस्करण, "एम फो कार्बाइन"को साथ प्रतिस्थापित गर्यो।[5] [6]
हाल, "एम सिक्सटिन" १५ नाटो राष्ट्रहरू र ८० भन्दा बढी देशमा प्रयोग भइरहेको छ।