कुपोषण
From Wikipedia, the free encyclopedia
शरीरलाई आबस्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ । स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/e/e1/Niger_childhood_malnutrition_16oct06.jpg)