From Wikipedia, the free encyclopedia
सारा क्यारोलिन सेगेर (स्वीडेनी: Caroline Seger) (जन्म १९ मार्च १९८५)[5] एक स्विडेनी महिला फुटबल खेलाडी हुन्। उनी स्विडेनको लागि प्रतिनिधित्व गर्दै मध्यपङ्क्तिमा मैदान उत्रने गर्छिन्। उनी स्विडेनको दमल्सेभेन्स्कान लिगमा खेल्ने क्लब रुसेनगोद फुटबल क्लबको कप्तान पनि हुन्। उनी स्विडेन महिला राष्ट्रिय टोलीकी नियमित सदस्य तथा कप्तान हुन्।
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | सारा क्यारोलिन सेगेर[1] | ||||||||||||||||||||||||
जन्म मिति | [2] | १९ मार्च १९८५||||||||||||||||||||||||
जन्म स्थान | हेलसिङबोर्ग, स्विडेन[3] | ||||||||||||||||||||||||
उचाइ | १.७३ मिटर[2] | ||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||
वर्तमान टोली | रुसेनगोद फुटबल क्लब | ||||||||||||||||||||||||
सङ्ख्या | १७ | ||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||
गान्तोफ्ता आइएफ | |||||||||||||||||||||||||
१९९८–२००० | राइदेबाक आइएफ | ||||||||||||||||||||||||
२००१–२००४ | स्तानेना आइएफ | ||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||
२००४–२००९ | लिङ्सपिङ एफसी | १३९ | (३९) | ||||||||||||||||||||||
२०१० | फिलाडेल्फिया इन्डिपेन्डेन्स | २१ | (२) | ||||||||||||||||||||||
२०११ | वेस्टर्न न्यु योर्क फ्ल्यास | १३ | (५) | ||||||||||||||||||||||
२०११ | एफसी माल्म | ७ | (३) | ||||||||||||||||||||||
२०१२–२०१४ | तिरिस एफएफ | ४६ | (११) | ||||||||||||||||||||||
२०१४–२०१६ | पेरिस सेन्ट-जर्मेन | ३७ | (८) | ||||||||||||||||||||||
2016–2017 | ओलम्पिके लियोन्नाइस | 18 | (0) | ||||||||||||||||||||||
२०१७– | एफसी रुसेनगोद | ३५ | (५) | ||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||
२००१–२००२ | स्विडेन १७ वर्ष मुनि | १२[4] | (३[4]) | ||||||||||||||||||||||
२००२–२००४ | स्विडेन (१९ वर्ष मुनि) | २३[4] | (३[4]) | ||||||||||||||||||||||
२००५– | स्विडेन | २०३[4] | (२८[4]) | ||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६ जुन २०१९ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ मार्च २०२० |
एक मेहनती केन्द्रिय मध्यपङ्क्तिकी खेलाडी, सेगेर सन् २००५ देखि २००९ सम्म लिङ्सपिङ फुटबल क्लबका लागि खेलेकी थिइन् र यसका साथसाथै उनले टोलीमा कप्तानको भूमिका सम्हालेकी थिइन्।[6] सेगेरको क्लबसँगको ५ वटा संस्करणमा, लिङ्सपिङले उनको उपस्थिति सहित दमल्सेभेन्स्कानको ४ वटा संस्करणहरूमा शीर्ष चारमा पुगेको थियो।[7] टोलीले सन् २००८ को संस्करणमा दोस्रो स्थान प्राप्त गरेको थियो भने टोलीले सन् २००९ को संस्करणमा विजेता बन्न सफल भएको थियो।[8] टोलीले सन् २००६, २००८ र २००९ मा, स्भेन्स्का कुपनलाई पनि कब्जा गर्न सफल भएको थियो।[9]
लिङ्सपिङका लागि खेल्दा सेगेरलाई सन् २००५ मा दमल्सेभेन्स्कनको उदयीमान खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो।[10] उनले सन् २००६ र सन् २००९ मा वर्षको उत्कृष्ट मध्यपङ्क्ति खेलाडीको रूपमा सम्मानित गरिएको थियो।[11]
टोली दोस्रो स्थानमा रहँदै युइएफए महिला च्याम्पियन लिगका लागि छनोट भएपछि सेगेरले सन् २००८ को शरद ऋतुमा लिङ्सपिङमा नयाँ एक वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[12] सन् २००९ वर्षको सर्वश्रेष्ठ स्विडेनी महिला फुटबल खेलाडीको रूपमा उनलाई दिमान्तबोलान पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो।[13]
सन् २००९-१० युइएफए महिला च्याम्पियन लिगमा सेगेको लिङ्सपिङको अन्तिम खेल, टोली डुइसबर्गसँग २-० ले पराजित हुन पुगेको थियो।[14]
सेप्टेम्बर २००९ मा, अमेरिकी महिला व्यवसायीक फुटबलमा प्रदर्शन गर्ने क्लब फिलाडेल्फिया इन्डिपेन्डेन्सले सेगेरलाई सन् २००९ को अन्तर्राष्ट्रिय स्थानान्तरणको पहिलो छनोटको साथ उनलाई क्लबमा ल्याउने घोषणा गरेको थियो। [15] डिसेम्बर २००९ मा, उनले फिलाडेल्फियाको साथ तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। इन्डिपेन्डेन्सको साथ उनको पहिलो संस्करण अप्रिल २०१० मा सुरु भएको थियो भने टोलीले महिला व्यवसायीक च्याम्पियनसिप खेलमा एफसी गोल्ड प्राइडलाई ४–० ले हराएको थियो।[16] सेगेरले उनको १८ अौँ उपस्थितिमा एक गोल र ५ सहायता गरेकी थिइन्। उनको उक्त संस्करण पछि, खुट्टाको चोटपटक लागि शल्यक्रिया गरिएको थियो।
सेगेरलाई डिसेम्बर २०१० मा वेस्टर्न न्यू योर्क फ्ल्यास नामक क्लबमा स्थानान्तरण गरिएको थियो। अमेरिकी व्यवसायीक महिला फुटबलमा शामेल भए लगत्तै उनको यस क्लबसँगको आफ्नो पहिलो संस्करणमा उनी कप्तानको भूमिकामा मैदान उत्रिएकी थिइन्। [17]
१४ अगस्ट २०११ मा सेगेर नेतृत्वमा फ्ल्यासले लिगमा सर्वश्रेष्ठ किर्तिमानी प्राप्त गर्न सफल हुँद आफ्नै गृह मैदानमा लिग विजेता बनेको थियो। २७ अगष्टमा खेलाइएको फाइनल खेलमा सेगेरको पूर्व क्लब फिलाडेल्फिया इन्डिपेन्डेन्सलाई १-१ बराबरी पछि पेनाल्टी मार्फत पाखा लगाएको थियो। [18]
संस्करण, फिफा महिला विश्वकप समयमा भएकाले सेगेरले फ्ल्यासको लागि केवल १२ खेल खेलेकी थिइन्। उनले पाँच गोल गर्दै र एक सहायता गरेकी थिइन्। प्रशिक्षक अरन लाइन्स सेगेरको योगदानसँग धेरै खुशी भएका थिए, तर उनको अनुबन्ध एक वर्षको लागि मात्र भएकाले उनी संयुक्त राज्य अमेरिकाबाट स्विडेन फर्किएकी थिइन्।[19]
अगस्ट २०११ मा सेगेरले सन् २०११ दमल्सेभेन्स्कन संस्करणको बाँकी अंशलाई प्रतिनिधित्व गर्नको लागि छोटो अवधिको सम्झौतामा रुसेनगोद फुटबल क्लबमा सम्मिलित हुने घोषणा गरेकी थिइन्।[20] यद्यपि उनी उनको गन्तव्यको बारेमा असन्तुष्ट भएकी थिइन्।[21] उक्त महिना पश्चात्, सेगेर सन् २०१२ को दमाल्सेभेन्स्कन संस्करणमा दुई वर्षको सम्झौतामा तिरिस एफएफमा प्रवेश गर्ने निश्चित गरिएको थियो।[22] सात लिग खेलहरूमा उनको तीन गोलले रुसेनगोदलाई सन् २०११ को दमल्सेभेन्स्कनको उपाधि सुरक्षित गर्न मद्दत गरेको थियो। [23] सेगेरले अनुबन्धित तिरिसले रुसेनगोदलाई नाटकीय रूपबाट पराजित गर्दै सन् २०१२ को उनको तेस्रो दमल्सेभेन्स्कनको उपाधि सङकलन गर्न मद्दत गरेको थियो।[24] उक्त फाइनल खेलमा सेगेरको प्रहार डण्डिमा ठोकिएर पछि, मेडेलिन एडलन्डले सोही फर्केर आएको बललाई गोलमा रूपान्तरण गरेकी थिइन्।[25]
स्भेन्स्का कपको फाइनलमा टोलीले कोपर्बरग्स/योहतेबोर्यसँग भिडन्त गरेको थियो। तथापि, अतिरिक्त समयमा टोली कोपर्बरग्स/योहतेबोर्य फुटबल क्लबसँग २-१ ले पराजित हुँदै उप विजेता बनेको थियो जसले सेगेर र तिरिसलाई निराश बनाएको थियो।[26] सन् २०१४ को सुरूमा ताल्तृसाले आर्थिक समस्या व्यहोरेको र सेगेर लगायत उनीहरूका अन्य अग्रणी खेलाडीहरू राख्न असमर्थ भएको स्पष्ट पारेको थियो।[27]
सेगेरले जून २०१४ मा पेरिस सेन्ट-जर्मेनसँग काम गर्नका लागि दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। पेरिस सेन्ट जर्मेनसँगको हस्ताक्षर सहित उनी तिरिसबाट निस्किएकी थिइन्।[28]
२ जुलाई २०१६ मा, ओलम्पिके लियोन्नाइसले सेगेरलाई आफ्नो क्लबमा ल्याउका लागि सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गरेको थियो।[29] सन् २०१६/१७ संस्करणमा सेगेरले ल्योनलाई डिभिजन १ फेमिनाइन , कउप डे फ्रान्स फेमिनाइन र युइएफए महिला च्याम्पियन लिग जित्न मद्दत गरेकी थिइन्।[30][31][32]
सन् २०१७ मा सेगेरले दमल्सेभेन्स्कन लिगमा एफसी रुसेनगोदमा सामेल हुँदै स्विडेन फर्किएकी थिइन्। उनले रुसेनगोदलाई स्भेन्स्का कुपेन दामर जित्न र लिगमा दोस्रो स्थानमा रहन मद्दत गरेकी थिइन्।[33]
सेगेरले मार्च २००५ मा वरिष्ठ स्विडेनी राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो उपस्थिति जनाएकी थिइन्।[34] सोही वर्ष टोली आल्गारभ कपमा जर्मनीसँग २-१ ले पराजित भएको थियो। उनले उत्तर पश्चिम इङ्ल्यान्डमा युइएफए महिला युरो २००५ मा विजयी गोल गर्ने लक्ष्य राखेकी थिइन्।[35] सेमिफाइनलको अतिरिक्त समयमा स्विडेन प्रतिद्वन्द्वी नर्वेसँग पराजित हुन पुगेको थियो। सेगेर टोलीको महत्त्वपूर्ण सदस्य भएता पनि गोल गर्न असफल भएकी थिइन्।[36]
सेगेर नयाँ प्रशिक्षक थोमस डेन्नरबीको नेतृत्वमा चयन भएकी थिइन्। तथापि, सन् २००७ को फिफा महिला विश्वकपको पहिलो चरणमा टोली आश्चर्यजनक रूपमा पराजित हुँदै बाहिरिएको थियो।[37] उक्त असफलता पछि केही अनुभवी खेलाडीहरूले अवकाश लिएका थिए जसले गर्दा सेगेरलाई स्विडेन महिला राष्ट्रिय टोलीमा प्रमुख भूमिका प्रदान गरिएको थियो। उनले जुलाई २००८ मा, बेइजिङ ओलम्पिकको लागि टोलीमा स्थान पाउनको लागि तिघ्राको चोटपटक पार गरेकी थिइन्। स्विडेनल क्वार्टर फाइनलको खेलमा जर्मनीसँग पराजित भएको थियो।[38]
सेगेरको प्रदर्शन दर र सकारात्मक मनोवृत्तिबाट प्रभावित भएका प्रशिक्षक डेनरबीले टोलीकी नियमित कप्तान भिक्टोरिया स्यान्डेल स्भेन्सन घाइते भएपछि मे २००८ मा इटालीसँगको छनोट खेलको लागि राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेका थिए। [39] युएएफए महिला युरो २००९ को क्वार्टर फाइनलमा स्विडेन नर्वेसँग ३–१ गोल अन्तरले पराजित भएपछि स्यान्डेल स्भेन्सनले सेवानिवृत्त भएकी थिइन् जसले गर्दा सेगेरले पूर्ण समय कप्तानको रूपमा काम गर्ने मौका पाएकी थिइन्।[40]
सेगेरले स्विडेनलाई सन् २०११ फिफा महिला विश्वकपमा जर्मनीमा तेस्रो स्थान सम्म पुर्याएकी थिइन्। स्विडेन सेमीफाइनलको खेलमा जापानसँग ३-१ गोल अन्तरले पराजित पराजित भएको थियो। स्विडेनले फ्रान्सलाई २-१ ले हराउँदै तेस्रो स्थान ओगट्न सफल भएको थियो। तथापि, सेगेरलाई लागेको चोटका कारण उनी खेलमा उपस्थित भने भएकी थिइनन्। विश्वकपमा प्राप्त गरेको तेस्रो स्थानले सन् २०१२ लन्डनमा ओलम्पिक फुटबल प्रतियोगिताको लागि स्विडेनको योग्यता पनि सुनिश्चित गरेको थियो। प्रशिक्षक डेनरबीले सेगेरलाई स्विडेनको ओलम्पिक टोलीमा लन्डनका लागि कप्तानको रूपमा नियुक्त गरेका थिए, जहाँ टोली क्वार्टर फाइनलमा फ्रान्ससँग पराजित भएको थियो।[41]
अक्टोबर २०१२ मा, नयाँ राष्ट्रिय टोलीकी प्रशिक्षक पिया सुन्धागेले सेगेर र लोटा स्तिलेनलाई कप्तानको पद साझेदारी गर्ने निर्णय गरेकी थिइन्। सुन्धागेले सेगेरलाई युइएफए महिला यूरो २०१३ का लागि टोलीमा नियुक्त गरेकी थिइन् जसलाई स्विडेनले आयोजना गरेको थियो। सेमिफाइनलमा स्विडेन जर्मनीसँग १-० ले पराजित भएका कारण उनी निराश बनेकी थिइन्। [42] सेगेर सन् २०१६ को ग्रीष्म ओलम्पिकमा स्विडेनका लागि सबै खेलमा देखा परेकी थिइन् र टोली जर्मनीसँग २-१ गोल अन्तरले पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो। सेगेर अन्तर्राष्ट्रिय फुटबलबाट लोत्ता सिलिनको सेवानिवृत्त पछि राष्ट्रिय टोलीकी कप्तान बनेकी थिइन्।[43]
सेगेरले फ्रान्समा आयोजना गरिएको सन् २०१९ महिला विश्वकपको लागि स्विडेनको नेतृत्व गरेकी थिइन्। ६ जुलाई २०१९ मा, सेगेरले आफ्नो २०० औँ खेल स्विडेनसँग खेलेकी थिइन् जसमा टोलीले इङ्ल्यान्डको सामना गरेको थियो। उक्त खेलमा स्विडेनले इङ्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो र टोलीले विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो।[44]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.