खुवा
From Wikipedia, the free encyclopedia
खुवा, खुआ, र मावा दुधले बनाइने एउटा उत्पाद हो। भारतीय उपमहाद्वीपबाट उत्पति भएको खुवा विशेष गरि भारतीय, बङ्गलादेश, पाकिस्तान र नेपालको परिकारहरूमा प्रयोग गर्ने गरिन्छ। दुधलाई धेरै बेर पकाएर पानी जति सुकाएर बनाइने गरिन्छ।[1] काभ्रेको नाला खुवाको लागि प्रसिद्ध छ।[2][3] नेपालमा सबैभन्दा पहिले दुध चिस्याउने केन्द्र पनि नालाको चिसापानीमा स्थापना गरिएको हो। नालाको खुवा भक्तपुर, काठमाडौँ र ललितपुरमा विक्री गर्ने गरिएको छ। खुवालाई नेवारी भाषामा दुरू मह्री वा दुरू मारी भनिन्छ। खुवाबाट धेरै प्रकारका मिठाईहरू तयार गरिन्छ। जस्तै लालमन, रसभरी, बर्फी आदि।
छरितो तथ्यहरू वैकल्पिक नामहरू, उत्पत्ति स्थान ...
खुवा | |
वैकल्पिक नामहरू | खुआ, खोया र मावा |
---|---|
उत्पत्ति स्थान | भारतीय उपमहाद्वीप |
क्षेत्र वा राज्य | भारतीय उपमहाद्वीप |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | भारतीय, बङ्गलादेश, पाकिस्तान, नेपाल |
मुख्य सामग्रीहरू | दुध |
समान परिकारहरू | खिर |
बन्द गर्नुहोस्