From Wikipedia, the free encyclopedia
गीर्वाणयुद्ध विक्रम शाह नेपालका चौथो राजा थिए। वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए। वि.सं. १८५५ मा राजा भएका उनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियो।[2]
गीर्वाणयुद्ध विक्रम शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | विसं १८५५ फागुन २८ – १८७३ मङ्सिर ०८ |
राज्याभिषेक | विसं १८५५ फागुन २८[1] |
पूर्वाधिकारी | रणबहादुर शाह |
उत्तराधिकारी | राजेन्द्र विक्रम शाह |
जन्म | विसं १८५४ कात्तिक ०६ वसन्तपुर, नेपाल |
मृत्यु | १८७३ मङ्सिर ०८ (१९ वर्ष) वसन्तपुर, नेपाल |
जीवनसाथी | सिद्धी लक्ष्मी देवी शाह गोरक्ष राज्य लक्ष्मी देवी शाह |
वंश | शाह वंश |
बाबु | रणबहादुर शाह |
आमा | कान्तिवती |
धर्म | हिन्दु |
गीर्वाणयुद्ध विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरूका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा हिन्दु परम्परागत शास्त्र विधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।[3] उनकाे पालामा सुगाैलि सन्धि भएकाे थियाे । उनकाे निधन सितला राेगका कारण१८७३ मा भएको थियोे ।
यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके। यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ।
यिनले वीर विक्रमको उपाधि धारण गरेका थिए।
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा गिर्वाणयुद्ध विक्रम शाहलाई राज्यरोहण गराउने भएपछि त्यसको मान्यता दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा पृथ्वीपाल सेनका हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।[4] उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले रणबहादुर शाहको हत्याको अनुसन्धानमा चौतारिया शेरबहादुर शाह, त्रिभुवन खवास, पाल्पाका राजा पृथ्वीपाल सेन लगायत ९३ जनाको हत्या भयो। आफ्ना प्रायः सबै विरोधीको एकै पटक संहार पूरा गरी काजी भीमसेन थापा अब नेपाल अधिराज्यका एक मात्र निष्कण्टक अधिनायक बने। यिनको स्वेच्छाचारिता माथि अङ्कुश लगाउन सक्ने व्यक्ति नेपालमा अब कोही पनि बाँकी थिएन। यसपछि भीमसेन थापाले बालक राजा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहबाट मुख्तियार वा राजप्रतिनिधिको पद पनि प्राप्त गरे। "अब उप्रान्त अधिराज्यका चौतारा तथा काजी सबैले मुखियार भीमसेन थापाले लगाए अह्राए अनुसारका कामकाज गर्नू" भन्ने लालमोहर गराएर, आफ्नो अनुकुल रहेकी स्वामी महाराज रणबहादुर शाहकी नवविवाहिता किशोरी रानी ललितत्रिपुरा सुन्दरीलाई भने सती जान बाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाण युद्ध विक्रमको संरक्षिकाका रूपमा नियुक्त गर्न पनि यिनी सफल भए।
यिनको मृत्यु अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा विफरको कारणले भएको थियो।
उनको मृत्यु भएको १८ दिनसम्म नेपालको राजसिंसासन खाली राखियो र १८ दिन पछि मात्र उनको छोरा युवराज राजेन्द्रको राज्यरोहण गराइयो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.