![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/da/Graemesmith.jpg/640px-Graemesmith.jpg&w=640&q=50)
ग्रिम स्मिथको अन्तर्राष्ट्रिय शतकहरूको सूची
From Wikipedia, the free encyclopedia
ग्रिम स्मिथ दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी हुन् । उनले २००२ देखि २०१४ सम्म खेल जीवन बिताए ।[1] आफ्नो १२ वर्षे खेल जीवनमा टेस्ट क्रिकेटमा २७ र एकदिवसीय अन्तर्राष्ट्रियमा १० शतक (एक इनिङमा १०० वा सो भन्दा बढी रन) बनाएका छन् । उनले बनाएको ३७ अन्तर्राष्ट्रिय शतकको किर्तिमान दक्षिण अफ्रिकी खेलाडीहरूमा मात्र ज्याक कालिस (६२), एबी डि भिलियर्स र हासिम आमला (दुवैको ४४ शतक) भन्दा पछाडि छ ।[2]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/da/Graemesmith.jpg/640px-Graemesmith.jpg)
स्मिथले एकदिवसीय र टेस्टमा २००१-०२ को अस्ट्रेलिया विरुद्धको शृङ्खलाबाट गरेका हुन् ।[3][4] उनको पहिलो शतक (२०० बङ्गलादेश विरुद्ध) २००२ को अक्टोबरमा बनेको थियोे । २००३ को इङ्ल्यान्ड भ्रमणमा उनले लगातार दुई टेस्टमा दोहोरो शतक बनाएका थिए ।[5] २००५ को वेस्ट इन्डिज विरुद्धको शृङ्खलामा उनले लगातार ३ खेलमा शतक प्रहार गर्दै शृङ्खला जित्न महत्त्वपूर्ण योगदान दिएका थिए । टेस्ट क्रिकेटमा उनले भारत र श्रीलङ्का अन्य सबै राष्ट्र विरुद्ध शतक प्रहार गरेका छन् । उनले इङ्ल्यान्ड विरुद्ध सबैभन्दा धेरै ७ शतक बनाएका छन् ।[6] ५ वटा दोहोरो शतक सहित उनी दक्षिण अफ्रिकाको खेलाडीहरू मध्ये शिर्ष स्थानमा छन् ।[7] स्मिथले चौथो इनिङमा ४ वटा शतक बनाएका छन् जुन युनिस खान (५ शतक) भन्दा मात्र एक स्थान पछाडि छ ।[8] उनको २७ शतक मध्ये २५ शतक उनी कप्तान हुँदा बनाएका हुन् , र उनले शतक बनाउँदा दक्षिण अफ्रिकाले कुनै पनि खेल हारेको छैन ।[9]
उनको एकदिवसीय क्रिकेटमा भने डेब्यु गरेको ३ वर्षपछि २००५ मा शतक बनाएका थिए ।[10] यस वर्ष उनले ४ वटा शतक प्रहार गर्न सफल भए । जुन दक्षिण अफ्रिकाको लागि एक वर्षमा बनेको दोस्रो धेरै शतक हो ।[lower-alpha 1] एकदिवसीय क्रिकेटमा स्मिथको सर्वाधिक रन १४१ हो, जुन उनले २००९ को सेप्टेम्बरमा इङ्ल्यान्ड विरुद्ध बनाएका थिए । एकदिवसीय क्रिकेटमा उनले विभिन्न ८ विपक्षी राष्ट्रहरू विरुद्ध शतक बनाएका छन् ।[10] २००५ मा टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका स्मिथले ३३ खेल खेलेका छन् । जसमा सर्वाधिक रन ८९ * हो, जुन उनले २००६ को फेब्रुअरीमा अस्ट्रेलिया विरुद्ध बनाएका थिए ।[12]