दक्षिण अमेरिकाको देश From Wikipedia, the free encyclopedia
चिली आधिकारिक रूपमा गणतन्त्र चिली, (स्पेनी: República de Chile), (उच्चारण = रेपुब्लिका दे चिली), दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित एक राष्ट्र हो। यसले पूर्वमा आन्देस र पश्चिममा प्रशान्त महासागरको बीचमा लामो, साँघुरो भूभाग ओगटेको छ। चिलीले ७,५६,०९६ वर्ग किलोमिटर (२,९१,९३० वर्ग माइल) क्षेत्र ओगटेको छ र सन् २०१७ मा देशको जनसङ्ख्या १,७५,७४,००३ रहेको थियो भने देशको सबैभन्दा ठूलो सहर र राजधानी सान्तिआगो हो। देशको राष्ट्रिय भाषा स्पेनी हो।[10]
यो लेखलाई स्पेनीबाट नेपाली भाषामा अनुवाद गर्न आवश्यक छ। यो लेख नेपाली भाषामा नभएर स्पेनीमा लेखिएको हुनसक्छ। यदि यो भाषा स्पेनी समुदायका पाठकहरूको लागि हो भने, यस भाषामा योगदान गर्न विकिपिडियामा योगदान गर्नुपर्दछ। विकिपिडियाहरूको सूची हेर्नुहोस्। |
गणतन्त्र चिली República de Chile (स्पेनी) | |
---|---|
आदर्श वाक्य:
| |
राष्ट्रिय गान: "इम्नो नास्योनाल दे चिली" | |
चिली गाढा हरियो; दावी गरिएका क्षेत्रहरू हल्का हरियो। | |
राजधानी र सबैभन्दा ठुलो सहर | सान्टियागोa ३३°२६′द॰ ७०°४०′प॰ |
राष्ट्रिय भाषा | स्पेनी |
जातिगत समूहहरू (सन् २०१२)[2] |
|
धर्म | चिलीमा धर्महरू (हेर्नुहोस्) |
रैथाने(हरू) | चिलीयाली |
सरकार | एकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र |
Sebastián Piñera | |
• व्यवस्थापिकाका अध्यक्ष | Adriana Muñoz D`Albora |
• प्रतिनिधि सभाका अध्यक्ष | Diego Paulsen Kehr |
व्यवस्थापिका | राष्ट्रिय काङ्ग्रेस |
व्यवस्थापापिका | |
प्रतिनिधि सभा | |
स्वतन्त्र स्पेनबाट | |
• हुन्ता सरकार | १८ सेप्टेम्बर १८१० |
• घोषणा | १२ फेब्रुअरी १८१८ |
• मान्यता प्राप्त | १५ अप्रिल १८४४ |
• हालको संविधान | ११ सेप्टेम्बर १९८० |
क्षेत्रफल | |
• जम्मा | ७,५६,०९६.३ किमी२ (२,९१,९३०.४ वर्ग माइल) (३७औँ[3]) |
• पानी (%) | १.०७ b |
जनसङ्ख्या | |
• सन् २०१७ जनगणना | १७,५७४,००३[4] (६४औँ[5]) |
• घनत्व | २४ /किमी2 (६२.२ /वर्ग माइल) (१९८औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२० लगत |
• जम्मा | $५२८.३०० अर्ब[6] (४२औँ[7]) |
• प्रति व्यक्ति | $२७,१५०[6] (57th) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२० लगत |
• जम्मा | $३०३.५०५ अर्ब[6] (४१औँ) |
• प्रति व्यक्ति | $१५,८५४[6] (53rd) |
गिनी (सन् २०१७) | ४४.४[8] मध्यम |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.८४७[9] धेरै उच्च · ४२औँ |
मुद्रा | पेसो (CLP) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय−४ र −६ (मानक समयहरूc) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय-३ र -५ |
अप्रिल देखि सेप्टेम्बर | |
मिति ढाँचा | दिन/महिना/वर्ष |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +५६ |
इन्टरनेट डोमेन | .cl |
|
चिलीले उत्तरमा पेरू, उत्तर-पूर्वीमा बोलिभिया, पूर्वमा अर्जेन्टिना र टाढा दक्षिणमा द्राके जनमार्गसँग सीमाना साझेदारी गरेको छ। चिलीको अधिनमा हुआन फेर्नान्देस, सालास इग्रिएगा गोमेस, देसभेन्तुरादास, र ओसिनियाको इस्तर टापु लगायतका क्षेत्रहरू छन्।[11] चिलीले कुमेरू महादेशको क्षेत्र अन्तर्गत १२,५०,००० वर्ग किलोमिटर (४,८०,००० वर्ग माइल) दाबी गरेको छ। यसको समुद्रीतटको लम्बाई ६,४३५ किलोमिटर छ। यसले समुद्री क्षेत्रमा सार्वभौमिकताको दाबी गरेको छ जहाँ यसले विशेष अधिकारहरूको प्रयोग गर्दछ। यसले चार क्षेत्रहरू समेट्छ जसमा क्षेत्रीय समुद्र (१,२०,८२८ वर्ग किलोमिटर), मिश्रित क्षेत्र (१,३१,६६९ वर्ग किलोमिटर), विशेष आर्थिक क्षेत्र (३६८१८९८ वर्ग किलोमिटर) र सम्बन्धित महाद्वीपीय क्षेत्र (१६१३३८ वर्ग किलोमिटर) समावेश छन्।,[12]
स्पेनले १६औँ शताब्दीको मध्य तिर यस क्षेत्रलाई कब्जा गरेको थियो र शासनको सट्टामा उपनिवेश बसाएको थियो।[13][14] स्पेनले हाल दक्षिण मध्य चिलीमा बसोबास गर्ने स्वतन्त्र मापुचेलाई जित्न भने असफल भएको थियो। सन् १९१३ मा, स्पेनबाट स्वतन्त्र भए पश्चात्, चिली सन् १९३० को दशकमा एक अपेक्षाकृत स्थिर अधिनायक गणतन्त्रको रूपमा देखा परेको थियो।[15][16] १९औँ शताब्दीमा, चिलीले महत्त्वपूर्ण आर्थिक र क्षेत्रीय बृद्धि हासिल गर्ने क्रम जारी राखेको थियो, जसले सन् १८८० मा मापुचेको प्रतिरोधको अन्त्य गरेको थियो र पेरू र बोलिभियालाई पराजित गरेपछि यसले प्रशान्त महायुद्ध (सन् १८७९–८३) मा यसको हालको उत्तरी क्षेत्र प्राप्त गरेको थियो। सन् १९६० र १९७० को दशकमा, देशले गम्भीर राजनीतिक ध्रुवीकरण र उथलपुथलको सामना गरेको थियो।[17]
यसलाई विश्व वैङ्कले एक उच्च आय भएको देश मान्दछ र केन्द्रिय खुफिया आयोगद्वारा यसलाई विकसित देश मानेको छ।[18] देशको जनसङ्ख्या १,७५,७४,००३ रहेको छ भने देशको औसत साक्षरता दर लगभग ९८% रहेको छ। जीवनको गुणस्तर, आर्थिक वृद्धि, मानव विकास सूचकाङ्क, औसत आयु र प्रति व्यक्ति आयका हिसाबले यो विकसित देशहरू मध्य गनिन्छ। चिली आयको स्तरको साथ एक उच्च आयको अर्थव्यवस्था हो।[19] यो दक्षिण अमेरिकाको सबैभन्दा आर्थिक र सामाजिक रूपले स्थिर र समृद्ध राष्ट्रहरू मध्ये एक हो र यसले दक्षिण अमेरिकी राष्ट्रहरूलाई प्रतिस्पर्धाको दर, प्रतिव्यक्ति आय, विश्वव्यापीकरण, शान्ति, आर्थिक स्वतन्त्रता र भ्रष्टाचारको कम धारणाको स्तरमा अग्रसर गराउँदछ।[20] यो राज्यको स्थायित्व र लोकतान्त्रिक विकासमा पनि उच्च क्षेत्रीय स्थानमा छ।[21] सबैभन्दा कम हत्या दर भएको हाल यो क्यानाडा पछि दोस्रो अमेरिकी देश हो। चिली संयुक्त राष्ट्र सङ्घ, दक्षिण अमेरिकी राष्ट्र सङ्घ, तालिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय र प्रशान्त गठबन्धनका संस्थापक सदस्य पनि हो र सन् २०१० मा यो आर्थिक सहयोग र विकास सङ्गठनमा सामेल भएको थियो।[4][22]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.