जी टिभी
From Wikipedia, the free encyclopedia
जी टिभी भारतको एस्सेल समूहको स्वामित्व रहेको हिन्दी भाषाको एक सामान्य मनोरञ्जनात्मक टिभी च्यानल हो। यो अन्य थुप्रै भातृ च्यानलहरूसँग जोडिएको छ, जसले हिन्दी, अङ्ग्रेजी र भारतका कतिपय क्षेत्रीय भाषाहरूमा सेवा प्रदान गर्दछन्। सन् १९९२ मा, एस्सेल समूहको एम्पायर होल्डिङ कम्पनी लिमिटेडलाई जन सञ्चार र मनोरञ्जनको क्षेत्रमा एस्सेल ग्रुप भेञ्चरको उद्यमको रूपमा जी टेलिफिल्म्समा परिवर्तन गरियो (पछि यसलाई जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजमा नामकरण गरियो)।[1] यस समूहका अध्यक्ष सुभास चन्द्र हुन्, जो भारतको राज्य सभामा भारतीय जनता पार्टी समर्थित सदस्य हुन्।[2] जी टिभीको आरम्भ २ अक्टोबर १९९२ मा कम्पनीको प्रमुख च्यानलको रूपमा गरिएको थियो। यो च्यानल भारतको पहिलो हिन्दी भाषा सदस्यता च्यानल थियो।[3]
छरितो तथ्यहरू जी टिभी, सुरुवात ...
जी टिभी | |
---|---|
सुरुवात | ढाँचा:Launch date and age |
मालिक | जी नेटवर्क |
दृश्य ढाँचा | 576i (SDTV 16:9, 4:3), 1080i (HDTV) |
नारा | उम्मीद से सजे जीन्दगी |
देश | भारत |
प्रधान कार्यालय | बम्बाइ, महाराष्ट्र, भारत |
भातृ च्यानल(हरू) | जी सिनेमा जी एक्शन जी प्रीमियर जी जागरण |
वेबसाइट | www.zeetv.com |
बन्द गर्नुहोस्