From Wikipedia, the free encyclopedia
जुलिया क्यरिन कभाजोस (जन्म १३ नोभेम्बर १९८३)[1][2],अथवा मञ्चको नाम नाम जुलिया माइकल्स एक आयोवाकी अमेरिकी गायिका तथा गितकार हुन्। उनले एक पप सङ्गीतकार र गीतकारको रूपमा आफ्नो कार्यकाल सुरू गरेकी थिइन्। माइकल्सले उनको पहिलो एकल २०१७ मा रिपब्लिक रेकर्ड्ससँग "इस्यु" नामकको सङ्गीत सार्वजनिक गरेकी थिइन् जुन गीत संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० ११औँ स्थानमा पुगेको थियो। अमेरिकी रेकर्डिङ उद्योग सङ्घले गीतलाई तेब्बर प्लाटिनम प्रमाणित गरेको थियो। यसले वर्ष गीतको रूपमा सर्वश्रेष्ठ नयाँ कलाकारको लागि ग्रामी पुरस्कारमा नामाङ्कन प्राप्त गरेको थियो ।[3] उनको पहिलो विस्तारित गिती सङ्ग्रह, नर्भस सिस्टम (सन २०१७) ले संयुक्त राज्य अमेरिकाको बिलबोर्ड २०० तालिकामा ४८औँ स्थान ओगट्न सफल भएको थियो। उनले एमटीभी सङ्गीत भिडिओ, बिलबोर्ड सङ्गीत, र अमेरिकी सङ्गीत पुरस्कार लागि मनोनयनमा प्राप्त गरेकी थिइन्।
जुलिया माइकल्स | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जुलिया क्यारिन कभाजोस |
जन्म | आयोवा, संयुक्त राज्य | १३ नोभेम्बर १९९३
उत्पत्ति | सान्ता क्लारिता, क्यालिफोर्निया, संयुक्त राज्य |
विधा |
|
पेशा |
|
वाद्ययन्त्र |
|
सक्रिय वर्ष | २०१०-हाल |
लेबल | रिप्ब्लिक |
सहयोगी |
|
वेबसाइट | आधिकारिक वेबसाइट |
त्यस यता उनले मरून ५, केइथ उर्बान र नाइअल होरन लगायतका समूह तथा कलाकारहरूको साथ उनीहरूको विश्व भ्रमणमा देखा परेकी थिइन्। उनले बेलायती साङ्गीतिक तालिकाको शीर्ष २० मा, पर्न गीत, "इफ द वर्ल्ड वाज इन्डिङ" क्यानडेली गायक जेपि साक्सेको साथ जारी गरेकी थिइन् र बेलायती साङ्गीतिक समूह "क्लिन बान्डिट"को साथ "आई मिस यु" सार्वजनिक गरेकी थिइन् जहाँ दुइवटै गीत शीर्ष २० मा, आएका थिए।
प्रमुख गीतकारको रूपमा, जुलिया माइकल्सले सेलेना गोमेस, डेमी लोभाटो, फिफ्थ हार्मोनी, सन मेन्डेज, ब्रिटनी स्पेयर्स र ग्वेन स्टेफिनी लगायतका गायक/गायिकाहरूका लागि गीत रचेकी थिइन्। उनीद्वारा लेखिएको तथा क्यानडेली गायक जस्टिन बिबरले स्वर दिएको गीत "सरी" र सेलेना गोमेजको गीत "लुज यु टु लभ मी" बिलबोर्ड हट १००को शीर्ष स्थानमा पुगेका थिए।
माइकल्सले हालसम्म, दुई पटक ग्रामी पुरस्कारमा लागि मनोनयन प्राप्त गरेकी छिन् जहाँ उनले वर्षको उत्कृष्ट गीत र उत्कृष्ट नयाँ कलाकारको रूपमा मनोनयन प्राप्त गरेकी थिइन्।[4] उनले एमटिभी भिडिओ सङ्गीत पुरस्कार, बिलबोर्ड सङ्गीत पुरस्कार र अमेरिकी सङ्गीत पुरस्कारहरूका लागि मनोनयन प्राप्त गरेकी थिइन्।
जुलिया माइकल्सको जन्म १३ नोभेम्बर १९९३ मा, डाभेनपोर्ट, आयोवामा भएको थियो तर पछि उनी लस एन्जलसबाट ३५ किलोमिटर उत्तर पश्चिममा रहेको सान्ता क्लारिता, क्यालिफोर्निया बसाइँ सरेकी थिइन् जहाँ उनी उनको परिवारको साथ उक्त सहर गएकी थिइन्।[1] उनकी बहिनी जडेन माइकल्स पनि गीतकार हुन्। उनको बुबा मेक्सिको-पुएर्तो रिको मुलका थिए जसले आफ्नो नाम हुआन मानुएल काभाजोसबाट जोन माइकल्समा अभिनयमन संलग्न हुने अभिप्रायका साथ नाम परिवर्तन गरेका थिए।[5] माइकल्सले १२ वर्षको उमेर देखिनै गीतहरू गाउन सुरु गरेकी थिइन्। १४ वर्षकी जुलियाले, गीतकार जोलेन बेल्लेलाई भेटेकी थिइन् जसको साथ उनले अस्टिन एन्ड एली नामक एक धारावाहिक नाटकको लागि, सुरुवाती गीत लेखेकी थिइन् भने पछि उनले अन्य धेरै कार्यक्रम तथा चलचित्रहरूको लागि गीतहरू लेखेकी थिइन्।[6] १९ वर्षको उमेरमा,उनले लिन्डी रोबिन्सलाई भेटेकी थिइन् जसको साथ उनले डेमी लोभाटोको लागि "फायर स्टार्टर" र फिप्थ हार्मोनीको लागि "मिस मुभिन अन" नामक गीत लेखेकी थिइन्।
माइकल्सले आफ्नो प्रेरणाको रूपमा फियोना एप्पल, लिसा मित्चेल, लौरा मार्लिङ, मिसी हिगिन्स, पारामोरे, जुलिएट सिम्स, सराह ब्लास्को र द फ्राईलाई लिन्छिन्। माइकल्सले १६ वर्षको उमेर देखिनै "हलिउड पप सर्किट्स"का लागि गीतहरू लेख्दै आइरहेकी छिन्।[7] २० वर्षको उमेरमा, उनले गीतकार सहयोगी जस्टसन ट्रान्टरलाई भेटेकी थिइन् जहाँ उनले समय समयमा उनीसँग गीत लेख्ने गर्छिन्। उनलाई जस्टिन बिबर, सेलेना गोमेज र फिप्थ हार्मोनी लगायतका कलाकारहरूका लागि गीतको श्रेय रहेको छ। नर्वेली सङ्गीतकार "काइगो"सँगै उनले सन् २०१६ मा ब्राजिलमा भएको ग्रीष्मकालिन ओलम्पिकको समापन कार्यक्रममा, "क्यारी मी" नामक गीत गाएकी थिइन्।[8]
जनवरी २०१७ मा, माइकल्सले "इस्युज" (अनुवादित: समस्याहरू) नामक आफ्नो पहिलो गीत सार्वजनिक गरेकी थिइन्।[9] यस गीतका लागि धेरै कलाकारहरूले लडाइँ गरिरहेका थिए, तथापि उनले यसलाई आफैले गाउने निर्णय गरेको बताएकी थिइन् सन् २०१७ मा, उनको अर्को नयाँ गीत "डु वि गेट ब्याक टु लभ", एचबिओको शृङ्खला गर्ल्समा प्रदर्शन गरिएको थियो।[10] माइकल्सको पहिलो गिती सङ्ग्रह, "नर्सभ सिस्टम" २८ जुलाई २०१७ मा, सार्वजनिक गरिएको थियो। उनको दोस्रो गीत "उह ह" २ जुन २०१७ मा, सार्वजनिक गरिएको थियो।[11] सन् २०१७ कोनोभेम्बर २५ देखि डिसेम्बर ६ सम्म, माइकल्सले सन मेन्डेजको इलुमिनेट विश्व भ्रमणका लागि प्रस्थान गरेकी थिइन जहाँ उनले मिन्डेजसँग संयुक्त रूपमा प्रदर्शन गरेकी थिइन्।[12]
सन् २०१८ ग्रामी पुरस्कारमा, उनले दुईवटा पुरस्कारको लागि मनोनयन प्राप्त गरेकी थिइन् जसमा "इस्युज"को लागि वर्ष गीत र उत्कृष्ट नवीन कलाकार समावेश छ।[13] ८ फेब्रुअरी २०१८ मा, उनको गीत "हेभन" सार्वजनिक गरिएको थियो जसलाई "फिफ्टी सेड्स फ्रिड" नामक चलचित्रको गीतको रूपमा चयन गरिएको थियो।[14] ४ मे २०१८ मा, अमेरिकी र्यापर ट्रिप्पी रेडको सहकार्यमा उनले "जम्प" नामक गीत जारी गरेकी थिइन्। सन् २०१८ को १२ मार्च देखि १२ मे सम्म, आयरल्यान्डेली गायक नाइअल होरनको फ्लिकर विश्व भ्रमण अन्तर्गतको युरोप भ्रमणमा जुलियाले उनको साथ प्रस्तुति दिएकी थिइन्। [15]
सन् २०१८ को ३० मे देखि १५ अक्टोबर सम्म, मरून ५ को रेड पिल्स ब्लुजको विश्व भ्रमणमा, जुलियाले उनीहरूको प्रतिनिधित्व गर्दै त्यसका लागि प्रथम प्रस्तुति जारी गरेकी थिइन्।[16] २७ सेप्टेम्बर २०१८ मा, सार्वजनिक गरिएको "दियर्स नो वे" नामक गीतमा उनले अमेरिकी गायक लउभसँग सहकार्य गरेकी थिइन्।[17]
२१ डिसेम्बर २०१८ मा, माइकल्स अस्ट्रेलियाली साङ्गीतिक समूह "फाइभ सेकेन्ड्स अफ समर"को गीत "लाई टु मी"मा, स्वर दिएकी थिइन्।[18] "लाई टु मी"ले विभिन्न देशहरूको साङ्गीतिक तालिकाको शीर्ष स्थानमा आएको थियो भने यसलाई पछि, अस्ट्रेलिया र क्यानडामा स्वर्णपदकद्वारा प्रमाणित गरिएको थियो।[19]
सन् २०१९ को २३ जनवरी देखि ५ फेब्रुअरी सम्म, माइकल्सले अस्ट्रेलियाली गायक "केइथ उर्बान"को लागि उनको ग्राफ्टी यु विश्व भ्रमणको सुरुवाती प्रस्तुतिमा देखा परेकी थिइन्।[20] २४ जनवरी २०१९ मा, माइकल्सले उनको विस्तृत साङ्गीतिक सङ्गालो, इनर मोनोलग भाग १ जारी गरेकी थिइन्। [21]
जुन २०१९ मा, उनले इनर मोनोलोग भाग २ का "१७" र "फलिङ फर ब्वाइज" लगायतका गीतहरूको नमुना सार्वजनिक गरेकी थिइन्।[22] इनर मोनोलग भाग ३ लाई भने उनले छिट्टै सार्वजनिक गर्ने बताएकी थिइन्।[23] ११ मे २०२० मा, माइकल्सले सङल्यान्डको दोस्रो संस्करणको एक शृङ्खलामा देखा परेकी थिइन्[24] जहाँ उनले गीत "गिभ इट टु यु" सार्वजनिक गरेकी थिइन्।[25][26]
इन्स्टाग्राममा संयुक्त रूपमा विभिन्न तस्वीर तथा दृश्यहरू सार्वजनिक गर्ने लहर पश्चात् "दियर्स नो वे" गीतमा सहकार्य गरेका कलाकार लउभले अक्टोबर २०१८ मा, उनीहरू सम्बन्धमा रहेको खुलासा गरेका थिए। त्यसको दुई महिना पश्चात्, माइकल्सले उनीहरूको सम्बन्ध विच्छेद भएको इसारा गरेकी थिइन् जहाँ उनले इन्स्टाग्रामाा, "नो मोर डेटिङ नार्सिसिस्ट्स" लेखेकी थिइन्।[27] लउभले माइकल्ससँगको आफ्नो सम्बन्धलाई उनको गीत "जुलिया" मा उल्लेख गरेका थिए जहाँ उनले उनलाई दुर्व्यवहार गरेकोमा माफी मागेका थिए।
सन् २०२० को सुरुवात तिर, माइकल्सले क्यानडेली गायक तथा सङ्गीतकार जेपी साक्सेसँग सम्बन्ध कायम गरेकी थिइन्।[28] यो सम्बन्ध उनीहरूले सहकार्य गरि निर्माण गरेको गीत "इफ द वर्ल्ड वाज एन्डिङ" (अनुवाद: यदी विश्वको अन्त्य हुँदैछ) बाट सुरु भएको थियो।[29]
सन् २०१९ मा, भारतीय सञ्चार माध्यमहरूले माइकल्स र भारतीय अभिनेत्री अनुष्का शर्माबीच शारीरिक समानता देखेका थिए जहाँ उनीहरूलाई उल्लेख भए अनुसार, (जुम्ल्याहाको जस्तै अर्थ दिने जर्मनेली वाक्य) डोपेगाङर्स (जर्मनेली: doppelgängers) भनिएको थियो। यसले माइकल्सलाई ट्विटरमा शर्मासँग पुग्न र जडान गर्न प्रेरित गरेको थियो।[30] जुलियाले ट्विटरमा आफ्नो तस्वीर सार्वजनिक "नमस्कार अनुष्का शर्मा, सायद हामी जुम्ल्याहा हौँ" (अनुवादित पाठ) भनेर लेखेकी थिइन्। जुलियाको ट्वीटमाथि अनुष्काले प्रतिक्रिया दिँदै, "त्यही त, म पुरै जिन्दगी तपाई जस्तो अरू बाँकी पाँच जना अनुहार मिल्ने व्यक्तिहरूलाई खोजेर बिताउँदै थिएँ"। यस्तो लेखेकी थिइन्।[31][32][30]
डिक क्लार्कद्वारा सन् १९७२ मा, बनाइएको अमेरिकी सङ्गीत पुरस्कार एक वार्षिक सङ्गीत पुरस्कार समारोह हो जसमा माइकल्सले एक मनोनयन प्राप्त गरेकी थिइन्।
वर्ष | पुरस्कार | मनोनयन | नतिजा | स्रोत |
---|---|---|---|---|
सन् २०१७ | वर्षको नयाँ कलाकार | उनी आफैँ | मनोनित | [33] |
आस्काप, पप सङ्गीतको श्रेणीहरू अन्तर्गत वार्षिक रूपमा प्रदान गरिने पुरस्कार कार्यक्रमको एक शृङ्खला हो जसमा हालसम्म माइकल्सले एक पुरस्कार प्राप्त गरेकी छिन्।
वर्ष | पुरस्कार | मनोनयन | नतिजा | स्रोत |
---|---|---|---|---|
सन् २०१८ | विजेता पप गीत | "इस्युज" | विजयी | [34] |
बिलबोर्ड सङ्गीत पुरस्कार अमेरिकामा व्यावसायिक प्रदर्शनका लागि, कलाकारहरूको सम्मान गर्ने उद्देशका साथ आयोजित गरिन्छ जुन बिलबोर्ड (पत्रिका)द्वारा प्रकाशित साङ्गीतिक तालिकामा आधारित छ। यसमा हालसम्म उनले एकपटक मनोनयन प्राप्त गरेकी थिइन्।
वर्ष | पुरस्कार | मनोनयन | नतिजा | स्रोत |
---|---|---|---|---|
सन् २०१७ | सर्वाधिक कभर गीत प्रकाशित भएको | "इस्युज" | मनोनित | [35] |
बिएमआई लन्डन पुरस्कार
वर्ष | पुरस्कार | मनोनयन | नतिजा | स्रोत |
---|---|---|---|---|
सन् २०१९ | पप गीत | "आई मप यु" | विजयी | [36] |
बिएमआई पप सङ्गीत पुरस्कार
बिएमआई पुरस्कार, ब्रोडकास्ट म्युजिक निगमद्वारा आयोजित विभिन्न विधामा गीतकारहरूका लागि प्रदान गरिने वार्षिक पुरस्कार हो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.