'जेफ्री चौसर' (c. १३४३-२५ अक्टोबर १४००) एक अङ्ग्रेजी लेखक, कवि, र दार्शनिक थिए। उनी क्यान्टरबरी टेल्सका कारण प्रसिद्ध भए जसमा २४ कथाहरू थिए तर त्यो पुस्तक भने पूरा भएन।

जेफ्री चौसरको तस्विर
"द वर्क्स अफ जेफ्री चौसर" १७२१ औं संस्करण

प्रारम्भिक जीवन

चौसरको जन्म सम्भवतः लन्डनमा भएको थियो। उनका बुबा, जोन र हजुरबुबा लन्डनमा सम्पन्न मदिरा व्यापारी थिए।[1] चौसर फ्रेन्च नाम हो र यसको अर्थ जुत्ता बनाउने व्यक्ति हुन्छ।[2]

१३५७ सम्म, चौसरले एलिजाबेथ (काउन्टेस अफ अल्स्टर, लियोनेलकी पत्नी)को सहयोगी भएर काम गरे। फ्रान्स र इङ्ल्यान्डबीच भएको शतबर्षीय युद्धका दौरान सन् १३६० मा उनलाई फ्रान्सेली पक्षधरद्वारा रेम्स नामक शहरमा पक्राउ गरिएको थियो। त्यसपछि उनलाई फिरौती दिएर रिहा गरियो। राजा एडवर्ड तृतीयले चौसरको रिहाइका लागी १६ पाउन्ड खर्चिएका थिए। चौसरको फिलिपा (डी) रोएटसँग विवाह भयो जो रानीकी वैयक्तिक सहायक थिइन् र उनको जोन अफ गाउन्टसँग नजिकको पारिवारिक सम्बन्ध पनि थियो। उनीहरूका करिब तीन चार सन्तान थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.