आधुनिक मुद्रणकलाका आविष्कारक From Wikipedia, the free encyclopedia
जोहान गुटेनबर्ग (१३९८-१४६८) आधुनिक मुद्रणकलाका आविष्कारक थिए। यिनले सन १४३९मा प्रिन्टिङ प्रेसको रचना गरे जसलाई एक महान आविष्कार मानिन्छ। यिनले मूवेबल टाइपको पनि रचना गरे। यिनको छापाखानाबाट छापिएको बाइबल गुटेनबर्ग बाइबलको नामले प्रसिद्ध छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गुटेनबर्गको टाइप-मुद्रणको आविष्कार भन्दा पहिले मुद्रणको सारा कार्य ब्लकहरूमा अक्षर कुँदेर गरिन्थ्यो। गूटेनबर्गको जन्म जर्मनीको मेज नामक स्थानमा भएको थियो। १४२० ई.मा उनको परिवार राजनीतिक अशान्तिको कारणले शहर छोड्नु पर्यो। उनले १४३९ ई. आसपास स्ट्रासबोर्गमा आफ्नो मुद्रण आविष्करणको परीक्षण गरे। उनले काठको टुक्रामा उल्टो अक्षर कुँदे। त्यसलाई शब्द र वाक्यको रूप दिनको लागि प्वाल मिलाएर परस्परमा जोडे। र यस प्रकार तयार भएका ठूलो ब्लकलाई कालो मसीमा डुबाएर प्रेस गरे। यसरी उनले मुद्रणकलामा सफलता प्राप्त गरे। पछि उनले यस विधिमा केही परिमार्जन पनि गरे।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.