टम्ब्लर
From Wikipedia, the free encyclopedia
टम्ब्लर् एक अमेरिकी सुक्ष्म ब्लगिङ र सामाजिक सञ्जाल वेबसाइट हो जसलाई सन् २००७ मा डेभिड कार्पद्वारा स्थापना गरिएको थियो र हाल यो आटोमेटिकको निगमको स्वामित्वमा रहेको छ। सेवाले प्रयोगकर्ताहरूलाई बहुमिडिया र अन्य सामग्रीहरू संक्षिप्त रूपमा सार्वजनिक गर्न अनुमति दिन्छ। प्रयोगकर्ताले अन्य प्रयोगकर्ताको ब्लगहरूलाई अनुसरण गर्न सक्दछन्। ब्लगरहरूले तिनीहरूको ब्लगलाई गोप्य राख्न पन सक्दछन्। ब्लगरहरूको लागि वेबसाइटका धेरै सुविधाहरू "नियन्त्रण पट्टी" दृश्यबाट पहुँच योग्य गराइएको छ। [2][3]
छरितो तथ्यहरू व्यवसायको प्रकार, संस्थापित ...
व्यवसायको प्रकार | सहायक कम्पनी |
---|---|
संस्थापित | फेब्रुअरी २००७; १७ वर्ष अघि (२००७-०२) |
मुख्यालयहरू | न्युयोर्क, अमेरिका |
संस्थापक (हरू) | डेभिड कार्प |
मुख्य व्यक्तिहरू | जेफ डि ओनोफ्रियो (कार्यकारी) |
उद्योग | सुक्ष्म ब्लगिङ, सामाजिक सञ्जाल |
कर्मचारीहरू | ४११ (जुन २०१७ सम्म) |
अभिभावक | अटोमेटिक (सन् २०१९–हाल) |
युआरएल | www |
अलेक्सा क्रम | ८५ (जनवरी २०२०)[1] |
बन्द गर्नुहोस्
११ अगस्ट २०१९ सम्म, टम्ब्लर्ले ४७ करोड ५० लाख भन्दा बढी ब्लगहरू आयोजना गरेको थियो। जनवरी २०१६ सम्म, सेवा प्रयोग गर्ने प्रयोगकर्ताको खङ्ख्या मासिक रूपमा ५० करोड थियो[1] भने अगस्ट २०१९ सम्ममा यो खङ्ख्यामा कमी आई ४० करोडमा झरेको थियो। [4]