टेसा ब्लान्चर्ड
From Wikipedia, the free encyclopedia
टेसा ब्लाञ्चर्ड (जन्म: २६ जुलाई १९९५) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जसले हाल इम्प्याक्ट रेस्लिङ, लुचा लिब्रे एएए र विमेन्स अफ रेस्लिङमा कुस्ती खेल्दै आएकी छिन्। उनले उक्त पदोन्नति लगायत अमेरिकी स्वतन्त्र सर्किटहरूमा पनि कुस्ती खेलिसकेकी छिन्। ब्लाञ्चर्ड फोर हर्समेन कुस्ती समूहका टुली ब्लाञ्चर्डकी छोरी हुन्। इम्प्याक्ट रेस्लिङमा हाल उनी इम्प्याक्ट विश्व विजेता हुन् भने उक्त उपाधि जित्ने उनी पहिलो महिला कुस्ती खेलाडी पनि हुन्। इम्प्याक्ट रेस्लिङ र अन्य पदोन्नति अन्तर्गत उनले एकपटक इम्प्याक्ट नकआउट्स उपाधि, एकपटक द क्रस महिला उपाधि, एकपटक एएए रेइना डे रिनास उपाधि र एकपटक डब्ल्यूओडब्ल्यू उपाधि जित्न सफल भएकी थिइन्।[1]
छरितो तथ्यहरू टेसा ब्लान्चर्ड, जन्म ...
टेसा ब्लान्चर्ड | |
---|---|
जन्म | (1995-07-26) २६ जुलाई १९९५ (उमेर २८) सार्लेट, उत्तर क्यारोलिना, अमेरिका |
परिवार | जो ब्लान्चर्ड (हजुरबुबा) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | टेसा ब्लान्चर्ड |
उचाई | ५ फिट ५ इन्च (१.६५ मी) |
तौल | १२५ पाउन्ड (५७ किग्रा) |
उत्पत्ति | सार्लेट, उत्तर क्यारोलिना |
पदार्पण | १३ जुन २०१४ |
बन्द गर्नुहोस्