ठूलो घाउँके हावासील
From Wikipedia, the free encyclopedia
ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपर पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदी र तालहरूमा प्रजनन गर्ने गर्छ। यो चरा विश्वभरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसिएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली सङ्घ पंक्षी संरक्षण संस्थाद्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रूपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइसराई गर्ने पंक्षीको रूपमा पनि लिइन्छ।
छरितो तथ्यहरू ठूलो घाउँके हावासील, संरक्षण स्थिति ...
ठूलो घाउँके हावासील | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Pelecaniformes |
कुल: | Pelecanidae |
वंश: | Pelecanus |
प्रजाति: | P. onocrotalus |
वैज्ञानिक नाम | |
Pelecanus onocrotalus (कार्लस लिनियस, १७५८) | |
ठूलो घाउँके हावासीलको बासस्थान क्षेत्र प्रजनन क्षेत्र वर्षै भरि प्रजनन नगर्ने क्षेत्र |
बन्द गर्नुहोस्