डाङ जिल्ला
भारतको एक जिल्ला हो / From Wikipedia, the free encyclopedia
डाङ (सन्नुहोस्ⓘ) भारतको गुजरात राज्यको एक जिल्ला हो। यो जिल्लाको प्रशासनिक सदरमुकाम आहवामा रहेको छ। डाङ जिल्लाको कुल क्षेत्रफल १,७६४ वर्ग किलोमिटर रहेको छ भने यो जिल्लाको कुल जनसङ्ख्या सन् २०११ को जनगणना अनुसार २,२८,२९१ रहेको छ।[1] डाङ जिल्ला गुजरात राज्यमा रहेका ३३ वटा जिल्लाहरू मध्ये सबैभन्दा थोरै जनसङ्ख्या भएको जिल्ला पनि हो।[2]
छरितो तथ्यहरू डाङ जिल्ला दण्डकर्णय, देश ...
डाङ जिल्ला
दण्डकर्णय | |
---|---|
निर्देशाङ्क: २०°४५′३१.७″उ॰ ७३°४१′१९.०″पू॰ | |
देश | भारत |
राज्य | गुजरात |
मुख्यालय | आहवा |
क्षेत्रफल | |
• जम्मा | १७६४ किमी२ (६८१ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | २२८२९१ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक | गुजराती, हिन्दी, अङ्ग्रेजी |
• अन्य | खान्देशी, गुजराती, भिली, मराठी, हिन्दी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
वेबसाइट | dangs |
बन्द गर्नुहोस्
९४% जनसङ्ख्या अनुसूचित जनजातिहरू मध्ये एक हो। सन् १८४२ मा भारत सरकार र डाङका राजाहरू बीच भएको सम्झौताका कारण हाल डाङका पाँच राजाहरू भारतको एक मात्र वंशाणुगत राजपरिवार हुन् जसको उपाधिलाई हाल सरकारले मान्यता दिएको छ। भारतको सन् २०११ को जनगणना अनुसार यस जिल्लाको ५९.५५% जनसङ्ख्याले डाँगी, ३२.५३% गुजराती, ३.१८% गामित, १.९९% मराठी र १.२१% हिन्दी लाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दथे।[3]