थकाली जाति
From Wikipedia, the free encyclopedia
थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।
थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ।
थकाली जातिको आर्थिक संस्थालाइ ढिङ्कुर भनिन्छ।