![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9f/UshuaiaFinDelMundo.jpg/640px-UshuaiaFinDelMundo.jpg&w=640&q=50)
दक्षिणी गोलार्ध
भूमध्य रेखाको दक्षिणमा रहेको पृथ्वीको आधा भाग / From Wikipedia, the free encyclopedia
दक्षिणी गोलार्द्ध[1] कुनै पनि ग्रहको आधा भाग हुने गर्दछ, जो उसको विषुवत रेखा भन्दा तल (दक्षिण तिर) हुन्छ। गोलार्द्ध भन्नाले आधा गोलाइ भन्ने बुझिन्छ। पृथ्वी दुई भागमा बाँडिएको छ, जसलाई उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध भनिन्छ। उत्तरी गोलार्द्धको उत्तरी भाग तथा दक्षिणी गोलार्द्धको दक्षिणी भाग धेरै चिसो स्थान भएकोले त्यहाँ सधैंभरी हिउँले भरिएको हुन्छ। दक्षिणी गोलार्द्धको दक्षिणी ध्रुवमा त हिउँले बनेको विशाल महाद्वीप नै छ। यसको तुलनामा उत्तरी गोलार्द्धको उत्तरी भाग पुरै हिसाबले ठोस छैन, तर यहाँ समुद्रका बीच ठाउँ-ठाउँमा विशाल हिमखन्डहरू भेटिन्छन्। दक्षिणी गोलार्द्धमा अस्ट्रेलिया, दक्षिण अमेरिका, न्यूजीलेन्ड तथा अफ्रिका महाद्वीपहरूको दक्षिणी भाग पर्दछन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9f/UshuaiaFinDelMundo.jpg/640px-UshuaiaFinDelMundo.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b1/Hemisferio_Sur.png/640px-Hemisferio_Sur.png)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/82/Southern_Hemisphere_LamAz.png/640px-Southern_Hemisphere_LamAz.png)