द कोका-कोला कम्पनी
From Wikipedia, the free encyclopedia
द कोला-कोला कम्पनी वा कोकाकोला कम्पनी, एक अमेरिकी बहुराष्ट्रिय नरम पेय पदार्थ निर्माता कम्पनी हो जसको प्रधान कार्यालय आट्लान्टा, जर्जियामा रहेको छ। कम्पनीको सबैभन्दा ठूलो उत्पादन कोका कोलाका लागि परिचित छ।[2] कोका-कोला कम्पनीको प्रमुख लक्ष्य मादक पदार्थ रहित पेय पदार्थ र चास्नी निर्माण तथा खुद्रा बिक्री र बजारमा केन्द्रित छ। सन् १८८६ मा, औषधिसाज जोन स्तिथ पेम्बेर्टोनले आविष्कार गरेको कोकाकोलालाई कम्पनीले उत्पादन गर्ने गर्दछ।[3] सन् १८८९ मा, यसको निर्माणको सूत्र र ब्रान्ड,जोन स्तिथ पेम्बेर्टोनले आसा ग्रिग्स कान्डलरलाई $२,३०० मा, बिक्री गरेका थिए जसले सन् १८९२ मा, आट्लान्टामा यसको कार्यालयको स्थापना गरेका थिए। आट्लान्टा, जर्जियामा प्रधान कार्यालय रहेको तथा, डालेवेर सहरबाट सुरुवात गरिएको यस कम्पनीले सन् १८८९ देखि अधिकार प्राप्त वितरण प्रणाली सञ्चालन गरेको छ। कम्पनीले ठूलो मात्रामा थ्रिग्रिएर रहने चास्नीको उत्पादन गर्दछ, जसलाई पछि विशेष क्षेत्रहरूमा केन्द्रित विश्वभरिका विभिन्न सम्बन्धित सहायकहरूका लागि बिक्री गरिन्छ।[4]
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
आइएसआइएन | US1912161007 |
उद्योग | पेय |
स्थापित | अट्लान्टा संयुक्त राज्य अमेरिका |
स्थापनाकर्ताहरू | जोन पेम्बरटोन, कोका-कोलाको रूपमा आसा ग्रिग्स कान्डलर द कोका-कोला कम्पनीको रूपमा |
केन्द्रीय कार्यालय | अट्लान्टा , अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति | जेम्स केन्सी (प्रमुख र कार्यकारी अधिकृत) ब्रायन स्मिथ (अध्यक्ष तथा सञ्चालन अधिकृत) |
उत्पादनहरू | कोका-कोला कम्पनीका उत्पादनहरूको सूची |
आम्दानी | अमेरिकी डलर३७.२७ अर्ब (सन् २०१९)[1] |
परिचालन आय | युएस$१०.०९ अर्ब (सन् २०१९)[1] |
युएस$८.९२ अर्ब (सन् २०१९)[1] | |
कुल सम्पत्ति | युएस$८६.३८ अर्ब (सन् २०१९)[1] |
कुल इक्विटी | युएस$१८.९८ अर्ब (सन् २०१९)[1] |
कर्मचारी सङ्ख्या | ८६,२०० (सन् २०१९)[1] |
सहायक कम्पनीहरू | द कोका-कोला कम्पनीका सहायक कम्पनीहरूको सूची |
वेबसाइट | www |