धावनमार्ग
From Wikipedia, the free encyclopedia
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा धावनमार्ग (RWY वा रनवे)लाई विमानस्थलमा रहेको भूमी हो जहाँ विमान उडान र अवतरण गर्ने गर्छ भनी परिभाषित गरेको छ ।[1] धावनमार्ग मानव निर्मित र प्राकृतिक दुई किसिमको हुने गर्दछ । मानव निर्मित धावनमार्गको सतह प्रायः कालोपत्रे वा कन्क्रिटबाट बनेको हुन्छ वा दुवैको मिश्रणले बनेको हुन्छ । प्राकृतिक धावनमार्गको सतह घाँस, ठोस माटो आदिको हुनसक्छ ।