![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/43/Purple_heron_%2528Ardea_purpurea%2529_by_Shantanu_Kuveskar.jpg/640px-Purple_heron_%2528Ardea_purpurea%2529_by_Shantanu_Kuveskar.jpg&w=640&q=50)
ध्यानी बकुल्ला
From Wikipedia, the free encyclopedia
ध्यानी बकुल्ला ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने बकुल्लो प्रजातिको चरा हो। यसको वैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।[2] यो प्रजाति पश्चिमी र दक्षिणी युरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका र मध्य, दक्षिणी र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र दलदले क्षेत्रहरूमा पाइन्छन्। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
ध्यानी बकुल्ला | |
---|---|
![]() | |
वयस्क ध्यानी बकुल्ला | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | पेलेसेनिफोर्म्स |
कुल: | आर्डेइडे |
वंश: | अर्डिया |
प्रजाति: | अर्डिया पर्पुरिया |
वैज्ञानिक नाम | |
अर्डिया पर्पुरिया (लिनियस, सन् १७६६) | |
![]() | |
ध्यानी बकुल्लाको प्रजनन क्षेत्र प्रजनन स्थायी गैर-प्रजनन |
यो हेर्दा खेरी फुस्रो बकुल्ला जस्तो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो हुन्छ भने यसको प्वाँख गाढा खैरो रङ्गको हुन्छ। यो पन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ। यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।