![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5b/Locator_map_Punjab_Pakistan.svg/langne-640px-Locator_map_Punjab_Pakistan.svg.png&w=640&q=50)
ननकाना साहिब जिल्ला
From Wikipedia, the free encyclopedia
नानकाना साहिब (उर्दु: ننکانہ صاحب) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला नानकाना राहिबको एक प्रमुख सहर हो। यस सहरको नाम सिख धर्मका गुरु नानकको नामबाट राखिएको थियो जो यहि सहरमा १५ अप्रिल १९६९ का दिन आमा तृप्ता जी र बुबा मेहता कालू जीको सूपुत्रको रूपमा जन्मिएर यहीँ पहिलोपटक उपदेश दिएका थिए।[1][2] हाल यो सहर उच्च ऐतिहासिक र धार्मिक मूल्य तथा मान्यता रहेको सहर हो र संसारभरबाट सिखहरूको लागि एक लोकप्रिय तीर्थ स्थान पनि हो।[3] यो सहर लाहोरबाट ९१ किलोमिटर (५७ माइल) पश्चिम र फैसलाबाद सहरबाट ७५ किलोमिटर (४७ माइल) पूर्वमा अवस्थित छ। एक राष्ट्रिय प्रतिवेदन अनुसार यस सहरको जनसङ्ख्या लगभग ७०,००० रहेको छ।[4]
नानकाना साहिब
ننكانہ صاحِب | |
---|---|
सहर | |
नानकाना साहिब | |
पञ्जाब, पाकिस्तानको नक्सा देखाउनुहोस् | |
निर्देशाङ्क: ३१°२७′०″उ॰ ७३°४२′२४″पू॰ | |
देश | ![]() |
प्रदेश | पञ्जाब |
जिल्ला | नानकाना साहिब जिल्ला |
उन्नतांश | १८७ मिटर (६१४ फिट) |
प्राचीन कालमा यस सहरलाई राईपुरको नामले चिनिन्थ्यो भने पछि यसको नाम राई-भोई-दि- तालवाण्डी राखिएको थियो। यस सहरमा गुरु नानको जन्म पछि यस ठाउँलाई नानकिना साहिब र पछि नानकाना साहिबमा परिणत गरिएको थियो। नानकाना साहिब नानकाना साहिब जिल्ला र तहसीलको प्रमुख सहर पनि हो।