नवउदारवाद
From Wikipedia, the free encyclopedia
नव-उदारवाद उदारवादको संशोशित रुप हो। नव उदारवादमा आर्थिक उदारीकरण, विश्वव्यापीकरण, निजीकरण, अर्थतन्त्र र समाजमा नीजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती, स्वतन्त्र बजार र खुला अर्थतन्त्रको अवधारणाको विकास भएको छ[1][9]। नवउदारवाद भन्नाले सरकार भन्दा बजारलाई, सामाजिक तथा सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभ र सामूहिक क्रियाकलापभन्दा निजी व्यवसाय, उद्यमलाई प्राथमिकता दिने आर्थिक प्रणाली भन्ने बुझिन्छ। नवउदारवादको अर्थ पूँजीलाई स्वतन्त्र आवतजावत गर्न दिनु हो।
अगस्तो पिनोचे, मार्गरेट थ्याचर, रोनाल्ड रेगनको अवधारणादेखि बिल क्लिन्टन कालको अमेरिकाको डेमोक्रेटिक, बेलायतको न्यु लेबर, चीनको आर्थिक उदारीकरण र लोककल्याणकारी राज्य, स्वीडेनमा भएका आर्थिक सुधार आदिलाई नवउदारवादको प्रयोग भन्ने गरिएको छ।नवउदारवादको प्रयोग खुला बजार, उदारीकरण, निजीकरणका रुपमा पनि बुझिन्छ र बुझाइन्छ।