From Wikipedia, the free encyclopedia
नाजी जर्मनी, [lower-alpha 8] १९३३ देखि १९४३ सम्म आधिकारिक रूपमा जर्मन रिच [lower-alpha 9] को नामले , र १९४३ देखि १९४५ सम्म ग्रेटर जर्मन रिच [lower-alpha 10]को नामले चिनिने, १९३३ र १९४५ को समयमा अस्तित्वमा रहेको एक जर्मन राज्य थियो। एडल्फ हिटलर र नाजी पार्टीले देशलाई तानाशाहीमा परिणत गरेपछि नाजी जर्मनीको निर्माण भएको थियो।
German Reich (1933–1943) Deutsches Reich Greater German Reich (1943–1945) Großdeutsches Reich | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
१९३३–१९४५ | |||||||||||||||
गानहरू: Das Lied der Deutschen ("The Song of the Germans") Horst-Wessel-Liedढाँचा:Hsp[lower-alpha 1] ("The Horst Wessel Song") | |||||||||||||||
Germany's territorial control at its greatest extent during World War II (late 1942):
| |||||||||||||||
राजधानी र सबैभन्दा ठुलो सहर | बर्लिन ५२°३१′उ॰ १३°२३′पू॰ | ||||||||||||||
आम भाषाहरू | जर्मन | ||||||||||||||
धर्म |
| ||||||||||||||
रैथाने(हरू) | जर्मन | ||||||||||||||
सरकार | Unitary नाजी एक दलीय fascist state under a totalitarian dictatorship | ||||||||||||||
Head of state | |||||||||||||||
• 1933–1934 | Paul von Hindenburg[lower-alpha 3] | ||||||||||||||
• 1934–1945 | एडल्फ हिटलर[lower-alpha 4] | ||||||||||||||
• 1945 | Karl Dönitz[lower-alpha 3] | ||||||||||||||
Chancellor | |||||||||||||||
• 1933–1945 | एड्ल्फ हिटलर | ||||||||||||||
• 1945 | Joseph Goebbels[lower-alpha 5] | ||||||||||||||
• 1945 | Lutz von Krosigk[lower-alpha 6] | ||||||||||||||
व्यवस्थापिका | Reichstag | ||||||||||||||
• Upper house | Reichsrat (dissolved 1934) | ||||||||||||||
ऐतिहासिक काल | Interwar • दोस्रो विश्वयुद्ध | ||||||||||||||
• Seizure of Power | ३० जनवरी १९३३ | ||||||||||||||
• Enabling Act | २३ मार्च १९३३ | ||||||||||||||
• अस्ट्रियाको विलय | १२ मार्च १९३८ | ||||||||||||||
• पोल्यान्डमाथि हमला/ दोस्रो विश्वयुद्ध सुरु | १ सेप्टेम्बर १९३९ | ||||||||||||||
• हिटलरको मृत्यु | ३० अप्रिल १९४५ | ||||||||||||||
• बर्लिनको लडाइँ र पतन | २ मे १९४५ | ||||||||||||||
• जर्मन आत्मसमर्पण | ८ मे १९४५ | ||||||||||||||
• बर्लिन घोषणा | ५ जुन १९४५ | ||||||||||||||
क्षेत्रफल | |||||||||||||||
1939[lower-alpha 7] | ६,३३,७८६ किमी२ (२,४४,७०६ वर्ग माइल) | ||||||||||||||
1940[2][lower-alpha 2] | ८,२३,५०५ किमी२ (३,१७,९५७ वर्ग माइल) | ||||||||||||||
जनसङ्ख्या | |||||||||||||||
79,375,281 | |||||||||||||||
109,518,183 | |||||||||||||||
मुद्रा | Reichsmark (ℛℳ) | ||||||||||||||
|
हिटलरको शासनमा, जर्मनी चाँडै एक अधिनायकवादी राज्य भयो जहाँ सामाजिक जीवनका लगभग सबै पक्ष सरकारद्वारा नियन्त्रित थिए। तेस्रो रिच , [lower-alpha 11] अर्थत "तेस्रो साम्राज्य" बताएर नाजी जर्मनीले आफूलाई पहिलेको पवित्र रोमन साम्राज्य (ई. ८००-१८०६) र जर्मन साम्राज्य (ई. १८७१-१९१८) को उत्तराधिकारी दावी गरेको थियो। जसलाई हिटलर र नाजीहरूले हजार वर्ष रिच [lower-alpha 12] भनेर बयान गर्ने तेस्रो रिच मात्र 12 वर्ष पछि मे १९४५ मा समाप्त भयो, जब मित्र राष्ट्रहरूले जर्मनीलाई पराजित गरे र युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भयो।
सन् १९३३ जनवरी ३० मा, वाइमर गणतन्त्रका राष्ट्रप्रमुख पल भोन हिन्डनबर्गले हिटलरलाई जर्मनीको चान्सलर,( सरकारको प्रमुख) नियुक्त गरे। त्यसपछि नाजी पार्टीले सबै राजनीतिक विरोधीहरू हटाउन र आफ्नो शक्ति सुदृढ गर्न थाले। २ अगस्ट १९३४ ई. मा हिन्डनबर्गको मृत्यु भयो र हिटलर चान्सेलरी र राष्ट्रपतिको कार्यालय र अधिकारलाई एकीकृत गरेर जर्मनीको तानाशाह बने। सन् १९३४ अगस्ट १९ मा भएको राष्ट्रिय जनमत सङ्ग्रहले हिटलरलाई जर्मनीको एक मात्र फ्युहरर (नेता) को रूपमा चयन गर्यो। सबै शक्ति तथा अधिकारहरू हिटलरमा नै केन्द्रीकृत थियो र उनको वचन नै सर्वोच्च कानून बन्ने गरेको थियो। सरकार एक समन्वयकारी, सहयोगी निकाय थिएन, तर सत्ता र हिटलरको पक्षमा सङ्घर्ष गरिरहेका गुटहरूको सङ्ग्रह थियो। महामन्दीको बीचमा, नाजीहरूले आर्थिक स्थिरता पुनर्स्थापित गरे र भारी सैन्य खर्च र मिश्रित अर्थव्यवस्था प्रयोग गरेर सामूहिक बेरोजगारी समाप्त गरे। घाटा खर्च प्रयोग गरेर, हिटलरको शासनले वेहरमाक्ट (सशस्त्र बल) को गठन गरी ठूलो गोप्य पुन: सशस्त्रीकरण कार्यक्रम सञ्चालन गर्यो, र अटोबहनेन (सडक बाटो) सहित व्यापक सार्वजनिक कार्य परियोजनाहरू निर्माण गर्यो। आर्थिक स्थायित्वमा फर्किँदा उनको शासनको लोकप्रियता बढ्यो।
सन् १९३० को उत्तरार्ध देखि , नाजी जर्मनीले आक्रामक क्षेत्रीय माग गर्यो र ती मागहरू पुरा नभएमा युद्धको धम्की दियो। सन् १९३५ मा भएको जनमत सङ्ग्रहमा मा सारल्याण्डले जर्मनीमा पुन: सामेल हुन मतदान गर्यो, र १९३६ मा हिटलरले राइनल्याण्डमा सेना पठाए, जुन क्षेत्रलाई प्रथम विश्वयुद्ध पछि गैर-सैन्यीकरण गरिएको थियो। जर्मनीले १९३८ को अस्ट्रिया कब्जा गर्यो, र सोही वर्ष चेकोस्लोभाकिया को सुडेटेनल्याण्ड क्षेत्रको माग र प्राप्त गर्यो। १९३९ मार्च मा, स्लोभाक राज्य घोषणा गरियो र जर्मनीको एक संरक्षित बन्यो, र कब्जा गरिएको चेक भूमिहरूको बाँकी भागमा बोहेमिया र मोराभियाको जर्मन प्रोटेक्टोरेट स्थापना भयो। केही समय पछि, जर्मनीले लिथुआनियालाई मेमेल क्षेत्र सुम्पन दबाब दियो। जर्मनीले सोभियत सङ्घसँग गैर-आक्रमण सम्झौता मा हस्ताक्षर गर्यो र सन् १९३९ सेप्टेम्बर १ मा पोल्याण्डमाथि आक्रमण गर्यो, त्यसबाट युरोपमा दोस्रो विश्वयुद्धको सुरुवात भयो। सन् १९४२ को अन्त सम्म,धुरी शक्तिमा मित्र राष्ट्रले युरोप र उत्तरी अफ्रिकाका धेरै भूभाग मा नियन्त्रण कायम गरेका थिए । Reichskommissariat को विस्तारित कार्यालयले नाजी-विजयी क्षेत्रहरूको नियन्त्रण लिए र पोल्याण्डको बाँकी भागहरूमा जर्मन प्रशासन स्थापना भयो। जर्मनीले आफ्ना कब्जा गरिएका क्षेत्रहरू र आफ्ना सहयोगीहरू दुवैको कच्चा पदार्थ र श्रमको शोषण गर्यो।
सन् १९४१ मा सोभियत सङ्घ माथिको जर्मन आक्रमण सुरुमा सफल भए तापनि सोभियत सङ्घको पुनरुत्थान र युद्धमा संयुक्त राज्य अमेरिकाको प्रवेशपछि जर्मनीले पूर्वी मोर्चामा हार खायो र १९४४ को अन्त्यसम्ममा पूर्ववर्ती मोर्चा(– सन् १९३९ को सिमानामा) धकेलियो। १९४४ मा जर्मनीमा ठूलो मात्रामा हवाई बमबारी बढ्यो र धुरी शक्तिहरू पूर्वी र दक्षिणी यूरोपमा फिर्ता भए। फ्रान्समा मित्र राष्ट्रहरूको आक्रमण पछि, जर्मनीलाई पूर्वबाट सोभियत सङ्घ र पश्चिमबाट अन्य मित्र राष्ट्रले आक्रमण गरे र मे १९४५ मा आत्मसमर्पण गरेको थियो। हिटलरको पराजय स्वीकार नगर्नाले जर्मन पूर्वाधारको ठूलो विनाश भयो र नतिजास्वरूप युद्धको अन्तिम महिनाहरूमा थप युद्ध-सम्बन्धित हताहत भए। विजयी सहयोगीहरूले विनाजीकरण (denazification)को नीति अंगाले र धेरै जीवित नाजी नेतृत्वलाई न्युरेम्बर्ग ट्रायलहरूमा युद्ध अपराधको लागि मुद्दा चलाइयो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.