नेपालको पूर्व प्रशासनिक विभाजन
From Wikipedia, the free encyclopedia
यो लेख नेपालको पूर्व प्रशासनिक विभाजनको बारेमा हो। नयाँ प्रशासनिक विभाजनको लागि नेपालको प्रशासनिक विभाजन हेर्नुहोस्।
नेपाल अधिराज्यको समयमा नेपालका पूर्व प्रशासनिक एकाइहरू नेपालको प्रशासनिक विभाजनको रूपमा रहेका थिए। २०७२ असोज ३ गते नयाँ संविधान अङ्गीकृत भएपछि नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गरिएको थियो र पुराना प्रशासनिक एकाइहरूको कार्यान्वयन खारेज गरिएको थियो। [1]
यसअघि नेपाललाई ५ विकास क्षेत्र, १४ अञ्चल , ७५ जिल्ला, ५८ नगरपालिका (२०७१ अघि) र ३१५७ गाउँ विकास समितिमा विभाजन गरिएको थियो।[2][3][4][5]