नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
From Wikipedia, the free encyclopedia
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । [1] यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो । सन् २०१३ को तथ्यांक अनुसार यस संस्थाको जम्मा सदस्यहरू ६९५ चार्टर्ड एकाउन्टेन्ट्स तथा ७२७७ पञ्जिकृत अडिटर गरी जम्मा ७९७२ सदस्य रहेका छन् ।[2]
छरितो तथ्यहरू नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान (ICAN)), नारा ...
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान (ICAN)) | |
---|---|
नारा | Purity of mind and clarity of wisdom |
स्थापना | १९९७।०१।३० |
वैधानिक स्थिति | मन्त्रिपरिषदबाट पारित भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुसार स्थापना भएको स्वशासित तथा संगठित संस्था |
उद्देश्य | लेखा तथा लेखापरीक्षण पेशाको नियमनकारी निकाय |
केन्द्रीय कार्यालय | सातदोबाटो, ललितपुर, नेपाल |
कार्य क्षेत्र | नेपाल |
सदस्यहरू | ४५८८ (अप्रिल २०१८) |
विद्यार्थीहरू | ४५०० |
सदस्यका पदहरू | चार्टर्ड एकाउन्टेन्ट्स, पञ्जिकृत लेखापरीक्षक तथा फेलो चार्टर्ड एकाउन्टेन्ट्स |
आधिकारिक भाषा | अङ्ग्रेजी, नेपाली |
अध्यक्ष | सिए. सुजन कुमार काफ्ले |
उपाध्यक्ष | सिए. प्रविणकुमार झा |
कार्यकारी निर्देशक | सिए. सञ्जय सिन्हा |
परिचालक निकाय | परिषद |
आइएफएसी सदस्यता | २००३ |
वेबसाइट | en |
बन्द गर्नुहोस्
यस संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अवस्थित छ भने क्षेत्रीय कार्यालयहरू विराटनगर, बुटवल, विरगंज,नेपालगन्ज, धनगढी तथा पोखरामा रहेका छन् ।