![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Taktshang_edit.jpg/640px-Taktshang_edit.jpg&w=640&q=50)
पारो ताकसाङ
From Wikipedia, the free encyclopedia
पारो ताकसाङ (जोङ्खा भाषा: སྤ་གྲོ་སྟག་ཚང་།; पड्रो तग्छाङ्) (टाइगर नेस्ट भनेर पनि चिनिने) एउटा प्रसिद्ध भुटानी मठ हो। [1] एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो। जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ। यो मठ भुटानको पारो उपत्यकामा स्थित छ। ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर यसलाई चिनिन्छ। भुटानको चर्चित शहर पारोबाट ताकसाङ करिब २० मिनेटको यातायात दुरी पार गरेपछि ३ घण्टा हाराहारी पैदल यात्रा गर्नुपर्ने हुन्छ। समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको यो गुम्बा निकै नै पुरानो हो।
ताकसाङ मठ | |
---|---|
![]() ताकसाङ ("टाइगर नेस्ट") | |
निर्देशाङ्क: | २७°२९′३०.८८″उ॰ ८९°२१′४८.५६″पू॰ |
मठ जानकारी | |
स्थान | पारो उपत्यका, पारो जिल्ला, भुटान |
स्थापित | ८औ शताब्दीमा ध्यान गुफाको रूपमा पछि (औपचारिक रूपमा सन् १९६२ पछि मठ बनाइएको) |
पुनर्निर्माण मिति | १९५८ र २००५ |
किसिम | तिब्बती बौद्ध |
सम्प्रदाय | द्रुक्पा काग्यु र निङगमा |
को लागि समर्पित | गुरू पद्मासम्भा |
वास्तुकला | भुटानी |
भुटानको पर्यटकीय, धार्मिक, कला र संस्कृतिको आश्य बोकेको ताकसाङ सत्रौ शताब्दीदेखिका बौद्ध मुर्तिहरू जस्ताको तस्तै रूपमा पाइन्छ। आन्तरिक एवम वाह्य पर्यटकको समेत आइरो लाग्ने ठूलो पहाडको कोखमा अवस्थित गुम्बा जति हेरू उति नै हेरू लाग्ने खालको छ। वरिपरीका बनजङ्गल तथा उचाइबाट देखिने दृष्यहरूले जो कोहीलाई मन्त्रमुघ्द पार्दछ। गुम्बा नजिकैको झर्नाले त झनै ताकसाङलाई सुन्दर बनाएको छ। प्राकृतिक सुन्दरता मात्रै होइन ताकसाङले ऐतिहासिक महत्त्व पनि बोकेको छ।