पुटिनवाद भ्लादिमिर पुटिनको नेतृत्वमा बनेको रूसको राजनीतिक प्रणाली हो । यसमा केजिबी, सैन्य र सुरक्षा सेवाबाट आएका राजनीतिज्ञमा (सिलोभिक)मा राजनीतिक र वित्तीय सत्ता र शक्ति केन्द्रित हुनु नै यसको विशेषता हो । [1][2][3][4][5] स्तम्भकार अर्नोल्ड बिचम्यानका अनुसार पुटिनवाद २१ औँ शताब्दीको महत्त्वपूर्ण नारा भएको छ जसरी स्टालिनवाद २० औँ शताब्दीमा महत्त्वपूर्ण बनेको थियो।" [6]
पुटिनका नजिक साथीहरू र मित्रले [7] , जो बिस्तारै रूसको एक अग्रणी समूह कुलीन वर्गहरू (अलिगार्क) भए, वित्तीय, मिडिया र प्रशासनिक स्रोतहरू अधिक नियन्त्रण गरेको छ
समाजशास्त्री, अर्थशास्त्री र राजनीतिज्ञहरू यस प्रणालीका विभिन्न विशेषताहरूलाई जोड दिन्छन्।
पुटिनवादको विशेषताहरू प्रचारकहरू र पत्रकारहरूले हाइलाइट गरे
पुटिनको व्यक्तित्व [8] मिडियामा महिमाको माध्यमबाट [9][10] "राष्ट्रिय नायक" को छवि प्रस्तुत गर्नु [11]
सशक्त राष्ट्रपति शक्ति, [12] येलत्सिन समयको तुलनामा भन्दा पनि बलियो अझ बलियो, [13]
सम्पत्तीमा बलियो राज्य नियन्त्रण,
जहाँनियावादको तत्वहरु
सिलोभिकी (दर्जनौं सुरक्षा एजेन्सीका व्यक्ति, जसमध्ये धेरैले पुटिनसँग सत्तामा आउनु अघि काम गरेका थिए) मा निर्बभरता,
न्यायको प्रयोगको छनौट [14][15], कानूनको विषयगत छनौट अनुप्रयोग ("सबै कुरा मित्रहरूका लागि हो, कानून शत्रुहरूको लागि हो"), [16]
तुलनात्मक रूपमा उदार, तर पारदर्शिता, वित्तीय र कर नीतिहरू रहित वा अभाव, [3]
"व्यक्तिगत नियन्त्रण" प्रणाली: [17][18] कमजोर प्राविधिक सरकार जसको कुनै राजनैतिक तौल हुदैन ,र राष्ट्रपति प्रशासनबाट देशको वास्तविक नियन्त्रणको हुन्छ, [19]
मुख्य निर्णयहरू गर्ने शक्तिको गोप्यता हुनु र पर्दा पछाडी हुनु
प्रशासनलाई अभिव्यक्ति स्वतन्त्रता मन नपर्नु; सेन्सरसिप [20]
रूसी अर्थोडक्स चर्चको पवित्र धर्मसभासँग रणनीतिक सम्बन्ध , उनीहरू भन्छन्, चर्चको सम्पत्ति हित [21] र समाजको लिपीकरणलाई बढावा दिने नीति। [22][23]
अन्तर्राष्ट्रिय क्षेत्रमा पुटिनवादलाई सोभियत कालमा पुरानो सोभियत कालको पुरानो विरासतको र त्यसलाई पुनः प्राप्त गर्ने चाहनाको रूपमा हेरिन्छ जतिबेला सोभियत सङ्घ अन्तर्राष्ट्रिय राजनीतिको मामिलामा संयुक्त राज्य अमेरिकाको बराबरीको हैसियतमा थियो। ऊर्जालाई अन्तर्राष्ट्रिय राजनीतिको उपकरणको रूपमा प्रयोग गरिएको छ। (यसलाई "पाइपलाइन कूटनीति" भनिन्छ) [24]
पुतिनिज्मका विशेषताहरू वैज्ञानिकहरूद्वारा हाइलाइट गरिएको
एम. उर्नोव र भि.कसमाराले राजनीतिक वैज्ञानिकहरूबीच “प्रतिस्पर्धा नीतिको आधारभूत सिद्धान्तहरूबाट रसियाको वर्तमान राजनीतिक प्रणालीको प्रस्थानको प्रत्यक्ष सङ्केत” स्थापित गरेका थिए [25]:
केन्द्रीकरण, [26] कडा राष्ट्रपतिय शक्ति, [12] क्षेत्रीय सम्भ्रान्त र ठूलो व्यवसायिक घरानाको राजनीतिक प्रभावको कमजोर
देशको मुख्य टेलिभिजन च्यानलहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष राज्य नियन्त्रणको स्थापना, सेन्सरशिप;
क्षेत्रीय र सङ्घीय स्तर चुनावमा "प्रशासनिक संसाधन" को लगातार प्रयोगमा वृद्धि भइरहेको;
Rogozhina Evgenia Mikhailovna - Principles and technologies for modeling political leadership in modern Russia: Monograph, 2013 NGLU; आइएसबिएन५८५८३९२७१७, आइएसबिएन९७८५८५८३९२७१२ p. 243/299
Lonely Powerवेब्याक मेसिनअभिलेखिकरण २०१२-०५-०८ मिति: Why Russia did not become the West and why it is difficult for Russia with the West / Shevtsova L .; Mosk. Carnegie Center. - M .: Russian Political Encyclopedia (ROSSPEN), 2010. - 272 p.
Christopher Walker . Ten Years of Putinism. // InoSmi, translated from The Wall Street Journal, August 14, 2009 "However, the most striking feature of Putinism is its dislike of freedom to express one’s opinion."
Van Herpen compares in detail the many and often surprising parallels that exist between Putin’s regime and that of Weimar Germany and Mussolini’s Italy, indicating the presence of strong Fascist elements in contemporary Russia. However, this is tempered by other elements that show a resemblance with the Bonapartism from Napoleon III’s France and the post-modern populism of Silvio Berlusconi, creating a hybrid system which can be labelled ‘Fascism-lite’. Although ‘Putinism’ has a softer face than Mussolinian Fascism, it still contains a hard core of ultra-nationalism, militarism, and neo-imperialism.