पेट्रोनस टावर
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
पेट्रोनस टावरलाई (मलाया भाषा: Menara Petronas, or Menara Berkembar Petronas) पेट्रोनस जुम्ल्याहा टावर भनेर पनि चिनिन्छ । क्वालालम्पुर ,मलेशियामा रहेको छ । उच्च भवन तथा सहरी बस्ति परिषदको परिभाषा र मूल्याङ्कन अनुसार यो १९९८ देखि २००४ सम्म विश्वको सबैभन्दा अग्लो भवन रहेको थियो र हालसम्मकै अग्लो जोडी टावर हो। भवनहरू क्वालालम्पुर टावरको नजिकै रहेको क्वालालम्पुरको ऐतिहासिक स्थल हो।
पेट्रोनस जुम्ल्याहा टावर | |
---|---|
मेनारा बेर्केम्बर पेट्रोनस | |
<mapframe>: Attribute "zoom" has an invalid value | |
उचाइ | |
विश्वको अग्लो १९९८. देखि २००४ सम्म[I] | |
पूर्ववर्ती | विलिस टावर |
परावर्ती | ताइपेइ १०१ |
सामान्य विवरण | |
प्रकार | व्यापारिक कार्यालय तथा पर्यटकीय आकर्षण |
वास्तुकलाको ढाँचा | उत्तर आधुनिक |
स्थान | जलान अम्पांग, क्वालालम्पुर, मलेसिया |
निर्देशाङ्क | ३.१५८°N १०१.७१२°E |
जग पूजा मिति | १ जनवरी १९९२ |
निर्माणकार्यको थालनी | १ मार्च १९९३ |
सम्पन्न | १ मार्च १९९६ |
उद्घाटन मिति | ३१ अगस्ट १९९९ |
पूनर्निमाण | १५ सेप्टेम्बर २०११ |
लागत | युएस$१.६ billion[1] |
स्वामित्व | के.एल.सी.सी होल्डिंग एस.डी.एन. Bhd |
उचाइ | |
वास्तुकला | ४५१.९ मी (१,४८३ फिट)[2] |
चुच्चो | ४५१.९ मी (१,४८३ फिट) |
छाना | ३७८.६ मी (१,२४२ फिट) |
मथिल्लो तला | ३७५ मी (१,२३० फिट)[2] |
प्राविधिक विवरण | |
तला | ८८ (+५ भूमिगत)[2] |
भुईँ तला क्षेत्र | ३,९५,००० मी2 (४२,५२,००० वर्ग फिट) |
लिफ्ट | ४० |
योजना तथा निर्माण | |
वास्तुकार | सिजर पिली[2] |
विकासकर्ता | के.एल.सी.सी होल्डिंग एस.डी.एन. Bhd[2] |
संरचनात्मक इन्जिनियर | थोर्न्तन तोमसेत्ति[2] |
मुख्य ठेकदार | टावर १: हाजमा कर्पोरेसन टावर २: सामसुङ इन्गीनीरिंग एण्ड कन्स्ट्रक्सन र कुक्दोंग इन्गीनीरिंग एण्ड कन्स्ट्रक्सन सिटि सेन्टर r: बि.एल. हर्बर्ट इन्टर्नेशनलl |
सन्दर्भ | |
[2][3][4][5][6] |
यो टावरको डिजाइन अर्जेन्टिनी बस्तुविद सिजर पिलीले गरेका हुन् । पेट्रोनस टावरको योजना १ जनवरी १९९२ मा सुरु भएको थियो । डिजाइनको वायुको गतिको परीक्षण संरचना भर परीक्षण गरिएको थियो । माटो उत्खननको लागि ५०० ट्रकहरु प्रयोगमा थिए र प्रत्येक रात सतहबाट ३० मिटर (९८ फिट)खनिन्थ्यो ।
जटिल संरचनाको निर्माण १ अप्रिल १९९४ मा सकियो । फर्निचर र आन्तरिक सजावटको कम १ जनवरी १९९६ मा सकियो , टावर १ र २ को शिखरको (गजुर)को काम १ मार्च १९९६ मा सकियो । भवनको आधिकारिक उद्घाटन मलेसियाका प्रधानमन्त्री डा. महाथीर बिन मोहम्मद ले १ अगस्ट १९९९ मा गरे ।[7] यो जुम्ल्याहा टावरको निर्माण क्वालालम्पुर रेस ट्रयाकको स्थलमा गरिएको थियो ।[8]
सुरिया के.एल.सी.सी १,४०,००० मी2 (१५,००,००० वर्ग फिट) पेट्रोनस टावरको आधारमा फैलिएको सुपर मार्केट हो ।[15]
१७ एकड (६.९ हेक्टर) मा फैलिएको यो पार्कमा पानीको फोहोरा , बिजुली बत्तिको नाजारा , पौडी पोखरी र बालबच्चाको खेल्न ठाउँ छ ।
सेवा भवन पेट्रोनस टावरको पुर्व तर्फ रहेको छ र यहाँ पेट्रोनस टावरलाई शितल बनाउन चिलर प्लान्ट रहेको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.