![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d6/Nepal_Gandaki_rel_location_map.svg/langne-640px-Nepal_Gandaki_rel_location_map.svg.png&w=640&q=50)
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
From Wikipedia, the free encyclopedia
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवस्थित एक निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल हो। यस विमानस्थलले प्रति वर्ष एक लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको छ।[4]
छरितो तथ्यहरू पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, विवरण ...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
सेवा गर्ने स्थान | पोखरा | ||||||||||
अवस्थित स्थान | पोखरा, गण्डकी प्रदेश, नेपाल | ||||||||||
खुला | १ जनवरी २०२३; १६ महिना पहिले (२०२३-०१-01)[2][3] | ||||||||||
निर्देशाङ्क | २८.१८९६९०°N ८४.०१४८९३°E / 28.189690; 84.014893 | ||||||||||
वेबसाइट | pia | ||||||||||
नक्सा | |||||||||||
गण्डकी प्रदेश भित्रको स्थान | |||||||||||
धावनमार्ग | |||||||||||
|
बन्द गर्नुहोस्
करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण हुने गरी नेपाल सरकारको विभिन्न प्रक्रियाहरू पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मेवारी दिएको छ।[5][6] प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपाल र चिनियाँ सरकारबीच करीब २२ अरब रूपैयाँ लागतमा २५०० मीटरको रन वे, दश हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन भएको विमानस्थल निर्माण हुने सम्झौता भएको थियो।[7] बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरूमात्र ल्यान्ड गर्नमिल्ने यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हरिएको छ।[8]